Monday, January 25

ह्वात्तै बढ्यो सुनको भाउ ! बन्यो नयाँ रकर्ड, आज कति पुग्यो तोलामा ? हेर्नुहोस्

July 28, 2020 1009

सुनको भाउले आज पनि रेकर्ड बनाएको छ । कोरोना सङ्क्रमणका कार’ण लगातार उका’लो लागेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यव’सायी महास’ङ्घले जनाएको छ ।

हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रु’पैयाँ बढेको महासङ्घ अन्तर्गत’को भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अन्तर्राष्ट्रिय बजा’रमा सुनको भाउ आ’ज प्रति औंस १३ डलरले बढेको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज १९ सय ४४ दश’मलव ७० डलर प्रति औंस रहेको पनि उहाँले जान’कारी दिनुभयो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ तोला’को एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको शाक्यको भनाइ छ । यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्