काठमाडौँ । कालिका खरेलले पछिल्लो एक महिनादेखि ठेलामा चटपट, पानी र घरमै फलेका तर’कारी बेच्दै आएकी छन् । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका मुलपानी पिपलबोटमा उहाँको घर छ । काठमाण्डौ उपत्यकामा घर भएपनि गुजारा च’ लाउने कालि’कालाई ठेलाको व्यापार गर्नै पर्ने बाध्यता छ ।
ठेलाको व्यापार गर्र्न भन्दा पहिला उनले ज्यामी मजदुरको काम गर्ने गरेकी थिइन् । कोरोना भाइरसको कारण उनले गर्दै आएको काम पनि बन्द भयो । ‘काम गर्न गाह्रो भएप’नि राम्रै आम्दानी भएको थियो’ उनले भनिन्, ‘कोरोनाका कारण का’म रोकियो अनि ठेलामा चटपटे बेच्न थालेकी छु ।’
अर्काको का’ममा भन्दा आफ्नो का’ममा रमाउने थालेको उनी बताउछिन् । अहिले उनले दैनिक १ हजारसम्मको व्या’पार गर्ने गरेकी छन् । एक हजारको व्यापार गर्दा उनलाई ४÷५ सय जति फा’इदा हुने गरेको छ । जुन रकम घरखर्चमा सकिने गरेको उनले बताएकी छन् ।
‘पैसा नभए सबैले हेप्छन्’ उनले दुख’का आँसु खसाल्दै भनिन्,‘पैसै सबै’थोक रहेछ, त्यही भएर दुख गरीरहेकी छु ।’ उनका श्रीमान पनि जागिरे हुन् । दुइ छोरा हुर्किसके’का छन् । तर पनि आफ्नो ‘सँगै भान्छा हुने खर्च भने कालिका आँफै’ले जोहो गर्दै आएकी छन् ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्