गल्याङ् नगरपालिका–१० सिमल’सौंराका २५ वर्षीया देवी राना पहिरोमा परी ज्यान गुमाएकी आमाको किरिया बसिरहेकी छिन्। छोरीले पनि बाबु आमाको किरिया गर्न मिल्छ भन्ने मान्य’तालाई आत्मसात् गर्दे १२ दिन किरिया बस्ने उनले बताइन्। तीन छोरी मध्ये उनी माइली हुन।
जेठी छोरी मालती विवाहित र कान्छी छोरी नारायणी घाइते भएकाले माइली छोरी देवी छोरालेझैें गरी किरि’या बसेकी छिन्। अरु छोरीहरू पनि शुद्ध रही आमाको अन्तिम संस्कारमा जुटेका छन्।साउन ७ बुधवारको पहिरामा परी आमा माया रानाको मृ’त्यु भयो भने आमासँगै सुतेकी नारा’यणी घाइते भइन्।
घाइते उनलाई उपचारका लागि पोखरा पठाइएकोे थियो। आमाको अन्तिम संस्कारमा सहभागी हुन उनलाई बिही’वार स्याङजा ल्याइएको हो। हाल उनी वालिङ स्थित आफन्तकहाँ बसेर उपचाररत छन्। उनले घरमा पुगेर किरिया बस्न सकिनन्। उनको खुट्टामा चो’ट छ।
मृतक ५२ वर्षीया मायाको बिहीवार पवित्र तिर्थस्थल रामनदीधाम राम्दीमा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। शुक्रबारदेखि धार्मिक विधि अनुसार काज कि’रिया सुरु गरेको छिमेकी फर्सु’राम खनालले जानकारी दिए।
मृत’क मायाका पति गुमबहादुरु राना भारतको सिलगुढीमा बस्छन्। भारतीय सेनाबाट अवकाश पाएका ५५ वर्षीय गुमबहादुर अर्काे घर’जम गरी उतै बसेका हुन्। पत्नीको निध’न भएको खबर’पछि घर फर्केका उनी उनी होम क्वारेन्टाइनमा छन् ।
जेठी छोरी मालतीको वि’हे गल्याङमा भएको हो। पछि उनी तराई झरिन्। उनले मा’इली बहिनी देवीलाई पनि उतै राखे’र पढाउँदै आएकी थिइन्। अहिले उनी स्नातक तहमा पढ्छिन्।
‘आमाले अनेक दुःख, सम’स्या झेल्दै हामीलाई हुर्काउनु भयो, बढाउनुभयो, पढाउनुभयो यसप्रति कृतज्ञ छु’ देवीले भन्छिन्– ‘आमाको सेवा भावप्रति म कि’रिया बसेकी हुँ, मेरा छोरा नै तिमी हौं’ आमाले सधैं यसो भन्नुहुन्थ्यो।’
गल्याङमा आमा र कान्छी बहि’नी नारायणी बस्दैै आएका थिए। नारायणीले पनि प्लस टु सकेर वालिङमा स्नातक तहको अध्य’यन सुरु गरेकी छिन्।
गत बुध’बार करिब २५ मिटर माथिबाट झरे’को पहिरोले राना परिवारको घर, गोठ पुरेको छ। घर अगाडी बनाइ’एका शौचालय, धारा, आगँन झारेर करिब ६० मिटर तल पुयाएको छ । – अन्नपूर्ण पोस्ट
प्रतिकृया दिनुहोस्