मंगलबार विहान काठमाडौंको कमलपोखरीमा प्रहरीले चेकजाँच गर्न खोज्दा बा ६ च ५५१९ नम्बरको गाडी नरोकीकन अगाडि बढ्यो ।
प्रहरीले शं’का लागेर पिछागर्दा कमलादी स्थित नबिल बैंक नजिक सेतो झोला फालेर गाडी फ’रार भयो । प्रहरीले उक्त झोला खोलेर हेर्दा १५किलो ‘सुन’ (पहेँलो धातु) र २ वटा पे’स्तोल फेला पारेको छ ।
पहेलो धातु १ केजीका ८ वटा, ५ सय ग्रामको एउटा र २५० ग्रामको २६ वटा रहेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्र’हरी परिसर काठमाडौंले ब’रामद सामान सार्वजनिक गरेको छ ।
गाडी र त्यसमा रहेका मानिसहरुको अहिलेसम्म पहिचान नभएको र खोजी भइरहेको प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।
न्युज अपडेट…..
राजधानीको दरबारमार्गबाट प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली भएको पाइएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको सुन’मध्ये साढे १४ किलो नक्कली भएको पाइएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले सुन परीक्षण गर्दा नक्क’ली पाइएको बताए ।
मंगलवार प्रहरीले शं’कास्पद व्यक्ति’को पिछा गर्दै जाँदा सुनजस्तै देखिने १५ किलो वस्तु र दुई पे’स्तोल बरामद गरेको थियो । प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करहरु झोला छोडेर भागेको प्रह’रीले बताएको थियो । – खबर हब (फाइल तस्बिर )
प्रतिकृया दिनुहोस्