Thursday, December 7

साउनमा किन खान हुँदैन माछामासु ? यस्तो रहेछ वैज्ञानिक कारण

July 28, 2020 1784

साउन महिना, धार्मिक आस्था’ राख्नेहरुका लागि विशेष महिना । यो महिनामा केही धार्मिक पर्वहरु पनि पर्छ । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महि’ना हो । भगवान शि’वको आरधानाको महिना हो । उपवासको महिना हो ।

पूर्विय दर्शन अनुसार साउन महिनामा भग’वान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता के छ भने, साउनको सोम’वार व्रत बस्ने र शिवलिंगमा जल चढाउना’ले घरमा सुख समृद्धि मिल्छ ।

भलै अहिलेका पुस्ता’लाई यी कुरा भलै धार्मिक आडम्बर लाग्न सक्छ । वा यो केवल परम्परा मात्र लाग्न सक्छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी कुराह’रुसँग विज्ञान पनि जोडि’एर आएको छ ।

साउन महिनामा कि’न शिवको पूजा गरिन्छ, किन उप’वास बसिन्छ, किन वोलवल धाउन गरिन्छ ? यी स’बैको वैज्ञानिक तर्क दिन सकिन्छ ।

साउन महिना, जो मध्य बर्षा’यामसँगै जोडिएर आउँछ । असारको चटारो सक्न नभ्याउँदै साउन महिना आउँछ । यति’बेला खेती किसानी गर्नेहरुले बालीनाली लगाएर विश्रा’म लिने बेला हुन्छ । तपाई, हामीलाई थाहै छ, हाम्रो देश कृषिमा आधारित छन् । धेरैजसो’ जन-जीविका खेतीपातीबाटै धानिएको छ ।

खेतीको कुरा जोड्नुको अर्थ के भने, साउन महि’ना किसान बर्गका लागि पनि विशेष हो । खेतीपातीको चटारोबाट विश्राम लिएर मनलाई धर्मकर्ममा लगा’उने बेला हो यो । धा’र्मिक आस्थाको रुप’मा मात्र होइन, हाम्रो जीवन पद्धतीसँग जोडिएका कुरा हुन् यी ।

किन व्रत बस्ने ?
साउनमा व्रत एवं उपवास बस्ने भनेको भगवानला’ई खुसी तुल्याउनका लागि मात्र हो&इन । वा आफ्नो मनोकांक्षा पुरा गराउन मात्र होइन । यी त आस्थाका कुरा भए । विज्ञा’नको कुरा अर्कै छ ।

भनिन्छ, वर्खायाममा हाम्रो पाचन यन्त्र कम’जोर हुन्छ । पानी लगायत विभिन्न खाद्य पदार्थको का’रण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिर’क्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।

हामीले देखे, सुनेकै कुरा हो, झाडाप’खलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोग&हरु देखापर्छ । वर्षा र ओसि’लो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्था’मा खानपानप्रति सर्तक हुनैपर्छ ।

यो संस्का’रको विकास किन भयो हो’ला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रति छौं । यतिबेला अन्नबाली लगाइस’केको बेला हो । र, भकारी रित्तिने बेला पनि । पूर्खाहरुले यसबेला खाद्य संकट पनि भोगे होला’न् । त्यसैले अन्न’पात जगेडाका लागि पनि उपवास एउटा राम्रो वि’कल्प हुनसक्छ ।

किन मासुमंस नखाइएको होला ?

साउनमा धेरैले माछा’मासु खाँदैनन् । कतिले सोम’बार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ । तर, यससँग धार्मिक तर्कमात्र जोडिएको छैन, वैज्ञानिक तर्क पनि छ ।

माथि पनि उल्लेख गरियो यो सिजनमा संक्रमणको भय अधिक रहन्छ । र, मासुजन्य परिकारमा संक्रमण’को बढी संभा’वना हुन्छ । मासुमंसमा जीवाणु फैलने । कुहिने, सड्ने हुन्छ । त्यही कारण यसबेला मासुमंस त्यती हितकर मानिदैन ।

वर्षायाम भनेको धेरै जसो पानीमा पाइने जीवहरुको प्रजननको महिना हो । पहिलेको जमानामा मा’छालाई व्यावसा’यीक रुपमा छुट्टै पोखरीमा पाल्ने र खानको लागि प्रयोग गर्ने चलन थिएन ।

प्राकृतिक नदीहरु र खोला’मा पाइने सि’मित माछाहरु प्रजनन महिनामा खाइदिएमा अर्को वर्ष माछाको सङ्ख्या घट्ने वा लोप नै हुने डर हुन्थ्यो । त्यसैले मा’छामासु खानमा नियन्त्रण गरिएको हुनुपर्छ ।

कस्तो खानपान उपयुक्त ?
यसबेला सात्विक भो’जन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीर लगा’यत दुधजन्य परि’कार खाने गरिन्छ । – पूर्वेली न्युज

प्रतिकृया दिनुहोस्