July 28, 2020 1449
एउटा नानीको फोटो यती बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । एउटा कार्टुन भित्र पोको पारेर डाँडामा फालेको अवस्थामा स्थानियले भेटेका थिए । भेटिएको उक्त ठाउँ काठमाण्डौको कपन भएको बताईएको छ ।

साना नानी हरु खेल्न गएको अवस्थामा बच्चा रोएको सुने पछि उनीहरूले गएर हेर्दा कार्टुन भित्र बच्चा देखको उनीहरूले बताए । हिजो बिहिबार ४ बजे बच्चा देखेको २ जना साना नानी हरुले बताए ।
बच्चाको अवस्था सामान्य रहेको छ । नाबि समेत नकाटिएको अवस्थामा बच्चा फेला परेको थियो , उक्त बच्चा को शरीर भरी कमिला समेत लागिसकेको थियो ।
यहाँ भन्दा अगाडि पनि पटक पटक बच्चाहरूलाई यसरीनै फ्याँकेका घटनाहरू भइरहेका छन् । अवैध सम्बन्धबाट जन्मिएका बच्चा हरुलाई यसरी फ्याँकिने गरेको पाइन्छ । अहिले उक्त नानीलाई केयर बाल गृहले संरक्षण गरेको छ ।
भिडियो हेर्नुहोस ।।
प्रतिकृया दिनुहोस्