Sunday, September 24

फोटो खिच्ने क्रममा एक नेपाली युवतीको अमेरिकामा मृ’त्यु

July 29, 2020 1542

अमेरिका’को टेक्सासमा बसोबास गर्दै अध्ययन गरिरहेकी नेपाली विद्यार्थी अस्मिता खनालको ता’लमा डुबेर जुलाई २३ आइतवार साँझ मृ’त्यु भएको छ। गर्मी विदाको समयमा साथीसँग घुम्न तालमा गएकी उनी फोटो खिच्नेक्रममा डुंगा (बोट) बाट खसेर ताल’मा बेपत्ता भएकी थिइन्।

आफू बस्ने टेक्सासको अर्भिंगबाट १ घण्टाको दूरी’मा रहेको लुइभिल तालमा साथीस’हित पुगेकी २३ बर्षीया खनालले शुरुमा लाइफ ज्याकेट लगाएर बोटमा चढेकी थिइन्। तर, पछि तस्वीर खिच्ने क्रममा लाइफ ज्याकेट खोलेको र फोटो खिच्नेक्रममा बोट’बाट चिप्लिएर लडेको बताइएको छ।

उनीसँगै बोटमा रहेका सा’थीले तत्काल उनलाई बचाउने प्रयास गरेपनि तालमा खसेप’छि उनी गहिरोस्थानमा डुबेको’ले सम्भव नभएको बताइएको छ। गर्मीको समयमा तालमा रमाइलो गर्न गएकोमा यस्तो दु’र्घटना भएपछि अस्मिताका साथीले उद्धा’रका लागि प्रहरी’लाई खबर गरेका थिए।

गोताखोरसमेत प्रयोग गरेर प्रहरी’ले केही घण्टामा अस्मितालाई तालभित्र डुबेको अवस्था’मा फेला पारे पनि उनी निर्जिव भइस’केकी थिइन्।

उनको शवलाई टेर्रेन्ट काउन्टी मेडिकल एक्सामिनर सेन्टरमा राखिएको छ। काठमाडौंकी स्थायी वासिन्दा खनाल टेक्सास’को टेक्सास वुमन युनिभर्सिटीमा अध्य’यनरत थिइन्। – डिसी नेपाल

प्रतिकृया दिनुहोस्