Tuesday, March 28

बुहारी ऐश्वर्या र नातिनी डिस्चार्ज भएपछि अमिताभले आँशु थाम्न सकेनन्…हेर्नुहोस्

July 29, 2020 1417

बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला मुम्बइको नाना’वती अस्पता’लमा कोभिड १९ को उपचारमा छन् ।

उनीसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आ’राध्या पनि कोरोना संक्रमि’त भएपछि उपचार भइरहेको छ । तर जब बुहारी ऐश्वर्या र ८ वर्षीया नातिनी आराध्या हालै अस्पतालबा’ट डिस्चार्ज भइन्, अमिताभले आँशु थाम्न सकेनन् ।

अमिताभले हालै ट्वीट गर्दै बुहारी र नातिनी घर फर्किएको जानकारी दिएका थिए । ‘सानी ना’तिनी र बुहारीले अस्पता’लबाट मुक्ति पाउँदा मैले आफ्नो आँशु रोक्न सकिनँ, प्रभु तिम्रो कृपा अपार, अपरम्पार छ,’ अमिताभले हिन्दी भाषामा लेखेका थिए ।

ऐश्वर्या १० दिनपछि सोम’बार अस्पतालबाट डिस्चार्ज भएकी हुन् । तर उनका पति अभिषेक र ससूरा अ’मिताभ अस्पतालमै उपचाररत छन् । यससँगै ऐश्वर्या र उनकी छोरी आराध्या घर पुगेपछि पनि नि’यमित स्वास्थ्य निगरानीमा रहनेछिन् ।

अमिताभ र अभिषेकलाई जुलाइ ११ मा कोरोना:भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसको भोलि’पल्ट ऐश्वर्या पनि संक्रमित भएको थाहा भएको हो । – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्