टिकट’कले आफ्ना प्रयोगक’र्तालाई पैसा दिने भएको छ । टिकटकको मापदण्ड अनुसार १८ बर्ष माथि’का व्यक्ति आफैले तयार पारे’को ओर्जिनल कन्टेन्टमा मात्र यस्तो रकम दिइनेछ ।
पैसा प्राप्त गर्ने माप’दण्डबारे अरू विवरण खुलाइ’एको छैन । टिकटकले खासगरी चर्चि’त प्रयोगकर्ता र नयाँ प्रयोगक’र्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो ।
बिहीबार एक विज्ञप्ति जा’री गर्दै कम्पनीले आफ्नो नयाँ घोष’णाका लागि करिब २४ अर्ब रुपैयाँ (२० करोड डलर)को कोष बना’उन लागेको जनाए’को छ ।
यो सुविधाले रचनात्मक कन्टेन्टमा’र्फत प्रगतिको अवसर खोजि’रहेका प्रयोगक’र्तालाई सहयोग पुग्ने टिकटकको विश्वास छ । टिकटकका अनुसार उक्त कोषबाट यो वर्षको अन्त्यतिर नगद वित’रण सुरु हुनेछ ।
विगतमा टिकटक प्रयोग’कर्ताले लाइभ र ब्रान्डसँगको साझेदारीमार्फत मात्र आम्दानी गर्न सक्ने अवस्था थियो । टिकटकको पछिल्लो घोषणाले आम्दानीको आ’धार तयार गर्ने भएपछि प्रयोगक’र्ताप्रति यसको आकर्षण कायमै रहने अपेक्षा गरिएको छ ।
टिकटकका प्रयोगक’र्ताले कसरी उक्त र’कम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धी बनाइरहने कम्पनीका प्रवक्ताले जना’एका छन् । – खबर हब बाट साभार
प्रतिकृया दिनुहोस्