लोक तथा दोहोरी गीतमा काम गर्ने कला’कारहरूका लागि सबैभन्दा महत्त्वपू’र्ण समय हो, तीज । तीजको समय कलाका’रहरूलाई भिडियो छायाङ्कनदेखि स्टेज कार्यक्रमसम्म भ्याई नभ्याई नै हुन्छ ।
सार्वजनिक केही गीतहरू विकृतिजन्य छन् भने केही गीत’हरूले मौलिकता पनि बोकेका छन् ।
यसबीच, गायक जय देवकोटा र प्रीति आलेको सुमधुर आवाजमा मौलिकपन बो’केको तीज “मात चढ्यो कि” सार्वजनिक भएको छ। गीतमा जय देवकोटाको संगीत रहेको छ भने प्रकाश न्यौपानेको शब्द रहेको छ।
गीत एकदम मौलिक छ। सुन्ने जोकोही’लाई आनन्द अनि नाँचौ नाँचौ लाग्ने गर्छ। उसो त विगत लामो सम’यदेखि जयले मौलिक गीतहरु मात्रै गाउँदै आएका छन् । र यो गीतबाट पनि छोटो सम’यमै दर्शक स्रोताको राम्रो प्रतिक्रि’या मिलेको छ जयलाई। गीतको अडियो उत्कृष्ट छ।
भिडियोमा पनि मौलि’कपनलाई एकदम ध्यान दिइएको छ। भिडियोका निर्देशक राम लामा हुन् । भिडियोमा प्रीति आ’ले, राम लामा, पुनम गुरुङ लगायतको धमाकेदार डान्स रहेको छ।
गणेश सापकोटाले खिचेको भिडियो’लाई सुबास अमगाईँले सम्पादन गरेका हुन् । भिडियो “प्रीति आले सुबास केसी” युटुब च्यानल’बाट सार्वजनिक गरिएको हो। -( तुफान न्युज) हेर्नुहोस् भिडियो…
प्रतिकृया दिनुहोस्