पर्सामा कोरोना संक्रमणको अवस्था जोखि’मपूर्ण बन्दै गएको छ। शुक्रबार नारायणी अस्पतालमा का’र्यरत २८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपा’ध्यायले अस्पतालमै कार्यारत २८ जनामा कोरो’ना संक्र मण पुष्टि भएको खबरहबलाई बताए ।
डा उपाध्यायका अनुसार संक्रमण पुष्टि भएका अस्प’तालका कर्मचारीमध्ये ८ जना चिकित्सक छन् । उनीहरू मध्ये २ जना फिजिसियन, ४ जना अर्थोपेडिक सर्जन, एकजना सर्जन, एकजना मेडिकल अधिकृत छन् ।
यस्तै ६ जना नर्सिङ स्टाफ, ४ जना पारा’मेडिक्स अहेब, तथा एचए, एकजना एम्बु’लेन्स चालक, एकजना प्रशासन तर्फको कर्मचारी, ३ जना कार्यालय सहयोगी र अन्य सरसफाइ’का कर्मचारी छन् ।
अस्पतालका २८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका सेवाहरू बन्द गरि’एको डा उपाध्यायले बताए । डा उपाध्या’यका अनु’सार पर्सामा हिजो मात्र ३ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । पर्सामा हालसम्म मृ’त्यु हुने को’रोना संक्रमितको संख्या ९ पुगेको डा उपाध्यायले जानकारी दिए ।
अस्पतालमा आइसोलेसनको अभाव
नारायणी अस्पतालमा हाल ६० जना कोरो’ना संक्रमित उपचारत छन् । ती मध्ये ४ जना आइ’सियुमा छन् । यस्तै अस्पतालले व्यवस्थापन गरेको फोर्स होम आइसोलेसनका’ संक्रमितको संख्या २ स’यभन्दा बढी रहेको डा उपाध्यायले जानकारी दिए ।
‘
आज थपिएका अस्पतालकै कर्मचारीलाई आइसोलेसनमा राख्ने स्थान समेत नभएको डा उपाध्यायले बताए । ‘अहिले मैले मेरे अस्पतालका कर्मचारीलाई पनि अस्पतालको आइसोलेसनमा राख्न सकेको छैन,’ डा उपाध्यायले भने, ‘ अहिले २ सयभन्दा बढी संक्रमितहरू फोर्स होम आइसोलेसनमा हुनुहुन्छ ।’
पर्सामा अर्को कोरोना विषेश अस्पताल र सोही अनुसारको जनशक्ति आवश्यत रहेको उनले बताए ।
छैनन् चिकित्सक:
अस्पतालका ८ जना चिकित्सक’सहित ठूलो संख्यामा नर्स र अन्य स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि नारायणी अस्प’तालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव भएको छ ।
पर्सामा कोरोना संक्रमितहरू बढ्दै गएकाले अस्पता’लले केन्द्र सरकारसँग चिकित्सक तथा नर्सिङ स्टाफ माग गरेको छ । अस्पता’लका मेडिकल सुपरिटेन्डेन्ट डा उपाध्या’यले स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभा’गमा ४ जना फिजि’सियन, १० जना मेडिकल अफिसर र १४ जना नर्स र अन्य केही स’हयोगीहरू माग गरेको बताए ।
यस्तै कोरोना संक्रमि’तको व्यवस्थापन र उप’चारका लागि पर्सामै रहेका निजी क्षेत्रका चिकित्सकहरूलाई पनि सेवामा खटिन आग्रह गरेको उनले बताए ।
‘अस्पताल सञ्चा’लन गर्न मैले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग कुरा गरेर चित्सिक, नर्स तथा अन्य कर्मचारी माग गरेको छु । यहाँको अवस्थाबारे जानकारी गराएको छु ।
सा’यद केन्द्र सरकारले जनशक्ति पठाउँछ होला,’ डा उनले भने, ‘मैले यहाँ पनि निजीमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सह’योगका लागि आब्हान गरेको छु । हेरौं सहयोग आउँछ होला।’
परीक्षण नै कम
पर्सामा लकडाउन कोरोना संक्रमित दिन प्रति’दिन बढ्दै गएका छन् । समुदायमा कोरोना संक्रम’णको आँकलन गर्न भने अहिले नै नसकिने डा उपाध्याय बताउँछन् ।
संक्रमणको अवस्था अनुसार परीक्षणको दायरा कम भ’एकाले समुदा’यको अवस्था भन्न नसकि’ने उनको तर्क छ । तर विभिन्न क्षेत्रका धेरै व्यक्तिहरूमा कोरोना देखिए’काले कोरोना समुदा’यमा गएको भन्न सकिने उनले बताए ।
‘कोरोना समु’दाय स्तरमा गयो भन्न अहिले’को नमुना संकलनको अवस्थाले पुष्टि गर्न गाह्रो छ,’ डा उपाध्यायले भने, ‘तर तर समु’दायमा गएको छ भनेर निक्यौल गर्न सकिन्छ ।
किनकी धेरै तह र तप्काका व्य’क्तिहरूमा कोरोना पोजेटिभ आएको छ, सरकारी कर्मचारी, व्यपारी, उद्योगी, शिक्षक, अस्पता’लका कर्मचारी, अस्पतालका कर्म’चारीको परिवारका सबै सदस्यमा पोजेटिभ आएको छ ।
वीरगञ्ज महानगरपालिकाका हरेक वडाका विभिन्न तह र तप्कामा काम गर्ने धेरै व्यक्तिमा संक्रमण देखि’एको छ । त्यसैले यो स’बैतिर फैलिएको भएर नै यतिधेरै संक्रमित भेटिएका हुन् ।’
डा उपाध्यायका अनुसार पर्सामा कोरोना परीक्ष’ण गर्न पनि चुनौती छ । अस्पताललमा दैनिक ३ सयदेखि ४ सयको हाराहारीमा नमुना परीक्षण भइरहेको छ । नारायणी अस्पताल आफै’ले पनि अस्पतालमा आएका आशंका गरिएका’हरूको नमुना संकलन गरी परीक्षण गरीरहेको छ ।
यस्तै वीरगञ्ज महानगर’पालिका र स्वास्थ्य कार्यालयले पनि कन्ट्याक ट्रेसिङका परे’काको नमुना संकलन गरेको छ । तर हाल भइरहेको परीक्षणको दरले मात्र पर्सामा को’रोना संक्रमित पहिचान र रोग नियन्त्रण हुन नसक्ने उनी बताउँछन् ।
उनले भने, ‘अहिले भइर’हेको नमुना संकलन र परीक्षणले मात्र पुग्दैन, दिनमा २ सय, ४ सय ५ सय नमुना सं’कलन गरेर मात्र समुदायमा कोरोना संक्रम’णको अवस्था भन्न सक्ने अवस्था छैन । प’रीक्षणको दायरा बढाउन जरुरी छ ।’
मास टेस्टिङ हुन सकेन
डा उपाध्यायका अनुसार वीरगञ्जमा हरेक वडामा संक्र’मितहरू रहेकाले मास टेस्टिङ अर्थात समुदा’यमा कोरोना परीक्षण गर्न आवश्यक छ ।
तर स्थानीय तहको क्षमताले पर्सामा समुदा’यमा कोरोना परीक्षण गर्न सम्भव नभएको उनले बताए । ‘अहिले यहाँ मास टेस्टिङ गर्न जरुरी छ, तर स्थानीय तहबाट सम्भव छैन,’ डा उपाध्यायले भने, ‘त्यसैले मैले स्वास्थ्य मन्त्रा’लयमा पनि यो कुरा गरेको छु, मन्त्रालयबाट सहयोग भयो भने छिट्टै समुदायमा अरु पनि परी’क्षण गरेर समुदायको अवस्था निक्यौल गर्न सक्छौं ।’
प्रतिकृया दिनुहोस्