Sunday, September 24

कुवेतमा नेपाली नागरिकलाई प्रवेश रोक ! रोक लगाउनुको कारण छ यस्तो

July 31, 2020 996

कुवेतले नेपालीहरु’लाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालस’हित सात देशका नागरि’कलाई कुवेत प्रवेशमा अनिश्चितका’लीन रोक लगाएको हो ।

हिजो बसेको कुवेत सरका’रको मन्त्रिपरिषद् बैठकले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, ईरान र फि’लिपिन्सका नागरिकहरुलाई प्रवेश’मा रोक लगा’उने निर्णय गरेको हो । कोरोना संक्रम’णलाई मध्यनजर गर्दै कुवेत सरका’रले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ ।

अन्य देशका नागरिक भने कुवेत आवतजावत गर्न पा’उनेछन् । कुवेतले कोरोना भाइरसको महामा’रीका बीच गत मार्च महिनादेखि अन्तर्राष्ट्रिय उडा’नमा रोक लगाएको थियो । नेपालमा कोरोना भाइर’सको जोखिम उच्चस्तरमा रहेका कारण कुवेत’ले यस्तो निर्णय गरेको हो ।

कुवेतमा करिब साढे ती’न महिनासम्म बन्द रहेका अन्त’र्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्