नेपालमा आज थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या’न गु’माउनेको संख्या ५६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले मृ’त्यु भएको पुष्टि भएको हो ।
पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया उनको शुक्रबार बिहान ९ मृ’त्यु भएको मन्त्रालयले जान’कारी दिएको हो । उनी गत साउन ६ गते उनलाई अस्पता’ल भर्ना गरिएको थियो । उनी केही दिन अघि बीरगञ्ज’बाट आएकी थिइन् ।
यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको मृ’त्यु भएको हो । पर्साका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जना’को बिहीबार मृ’त्यु भएको हो ।
प्रतिकृया दिनुहोस्