पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको शैलीलाई लिएर निकै आलोचना हुने गर्दछ । तत्कालीन समयमा सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाको बोल्ने शैली निकै रुखो हुने गर्दथ्यो । उनको त्यही शैलीलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना हुने गर्दथ्यो ।
तथापि उनले त्यसलाई कुनै मतलब राख्दैन थिए। सरकारका प्रवक्ता सहनशील नम्र भएर प्रश्तुत हुनु पर्ने भए पनि बाँस्कोटाको शैली त्यो किसिमको रहेन । त्यही शैलीलाई विभिन्न कलाकारहरुले क्यारीकेचर मार्फत उनलाई व्यंग्य गर्दथे ।
त्यसै क्रममा नेपालका चर्चित हाँस्य व्याङ्ग्य कलाकार मनोज गजुरेलले उनको आवाज र शैलीलाई हुबहु क्यारिकेचर गरेको प्रस्तुति सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनको त्यो प्रस्तुतिको सबैले तारिफ गरेका छन् । उक्त भिडियो मनोज गजुरेलका आफ्नै युटुब अकाउन्टमा गएर हेर्न सकिन्छ ।
उनकै अर्को कार्यक्रममा रहेको प्रस्तुती हेर्नुहोस् …
प्रतिकृया दिनुहोस्