Sunday, September 24

प्रेम सञ्जेल र कुट’पिट गर्ने महिला आए मिडियामा (हेर्नुहोस् भिडियो सहित)

August 2, 2020 1516

श्रम तथा रोजगार कार्यालय विराटन’गर प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कु’टपिट गरिएको छ । सार्वजानिक विदाको दिन समेत कार्याल’यमा पुगेका सञ्जेललाई शनिबार ११ बजे त्यहि कार्यालयका दुईजना सहयोगीले कु’टपिट गरेका हुन् ।

कार्यालयका सहयोगी नेत्र भट्टराई नि’रौला र मेनुका सापकोटा कोइराला समेत कार्यालयमा पुग्न साथ सञ्जेलको कार्यक’क्षमा प्रवेश गरेर भित्रबाट ढोकाको चुकु’ल लगाई कुट’पिट गरेको मोरङ प्रहरी’का प्रमुख सन्तोष खड्काले जानकारी दिनुभयो ।

भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव सञ्जेल’लाई योजना बनाएरै आ’क्रमण भएको आशं’का गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी खड्का’का अनुसार कार्या’लयकै कामको विषयमा उनीहरुबीच विवा’द उत्पन्न भएको देखिएको छ ।

त्यस क्रममा उनीहरुले सञ्जलको कार्यकक्षमा रहेको टेबुलमाथिको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिनले प्र’हार गरेको प्रहरीको भनाइ छ।

दुवै जना कार्यालयका करारका कर्मचारी हुन्। उनीहरुलाई कुट’पिट’मा संलग्न आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको एसपी खड्काले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चो’ट लागेको र ओठ फुटे’को छ । कार्यालयमा फाँटमा खटिने कर्मचारीले सेवाग्राहीको का’म नगरेको गुनासो गरिए सञ्जे’ल आफैंले उनीहरुको काम गरिदिने गरेको छवी समेत बनाउन सफल मानिन्छन् ।

रुखो बोलि बोलेर भएपनि सेवाग्राही’को समस्या बुझ्ने कार्यालय प्रमुखको छवी बोकेका सञ्जेलले कर्मचारी र आफ्नो कार्या’लयले भने जस्तो काम गर्न नसकेको गुनासो सधैं गर्ने गरेको सुनिन्थ्यो । – आवर विराटनगर

भिडियो हेर्नुहोस …

प्रतिकृया दिनुहोस्