Monday, October 2

आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ? हेर्नुहोस्

August 2, 2020 1164

सुनको भाउ तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सु’नचाँदी व्यव’सायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।

को रोना स ङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ ।

भाउ महँगो हुँदै गएपछि विभिन्न बैंकमा लकडाउ’नअघि नै ल्याइएका ३ सय ३० किलो सुन बिक्री हुन नसकेको महासङ्घ अन्तर्गतको भाउ नि’र्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

उहाँकाअ’नुसार महासङ्घको सिफा’रिसमा व्यवसायीले बैंकबाट सुन किन्ने गर्छन् । तर भाउ महँगो भएपछि कारोबार ठप्प हुँदा अहिले सुन किनबेच भएको छैन । यस्तै मौज्दात रहेको सुन नै बि’क्री नभएपछि नयाँ मगाउने काम पनि ठप्प नै भएको छ ।

केही वर्ष अघिसम्म तीज नजिकिएसँगै सुनको कारो’बार बढ्ने गरेको भए पनि यसपाली कोरो’नाका कारण मानिसले दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिँदा कारोबार नहुने देखिएको छ । यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपै’याँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्