Saturday, August 8

श्रीमती सम्झेर धर-धरी रोए अर्जुन, बाबु छोरामा यस्तो परिवर्तन (हेर्नुस् भिडियो)

August 2, 2020 248

हिजो सामाजिक संजाल’मा एउटा बुवाले आफ्नो छोरालाई आमाले झैं पिठ्युमा कपडाले बाँधेर रिक्शा चलाईरहेको फो’टो निकै भाइरल भयो । फोटो भाइरल भएको २४ घण्टा’ नबित्दै कैलालका अर्जुन बिक र उनका छोराका लागि अहिले सहयोग आएको छ ।

सधैं आफैँ आमा बनेर काँधमा लु’गाले बाँधेर काममा जाने अर्जुनको छोराका लागि :आज बच्चा बोक्ने झोला “बेबी क्यारियर” उपहार आएको छ ।

साथमा अर्जुनका छोराले नयाँ कपडा पनि पा’एका छन् । आज उनी श्रीमतीलाई सम्झेर धरधरी रोएका छन् । सँगै जीउने सँगै म’र्ने कसम खाएकी श्रीमतीले दुधे बाल’कलाई छोडेर चट्टक्कै माया मा’रेर गएपछि आज उनले आँशु थाम्न सकेनन् ।

देश तथा विदेश’बाट सहयोगी मनहरुले उनले छोरा’का लागि गरेको संघर्ष देखेर सहयोगको हात अगाडी बढाउनु भएको छ ।

कैलाली घर भई हाल काठमाडौँमा ज्याला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोरा’का बाबु हुन् । श्रीम’तीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छो’रालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।

छोराको उज्ज्व’ल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् । अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् ।

सन्तान प्रतिको अथाह माया तथा जिम्मे’वारी एउटा बाबाको परिश्रममा देखिने रहेछ। ‬त्यसको उदाहरण हुन्, अर्जुन ।उनला’ई अझौ पनि तपाईहरुको साथ र सहयोगको खाँचो छ ।

हेर्नुस् आमाको काख नपाएको छोराका लागि एउटा बाबुले गरेको संघर्ष र बाबु छोराको जीवनमा आएको परिवर्तन भिडियोमा….

प्रतिकृया दिनुहोस्