Friday, September 22

आज रक्षा बन्धन तथा जनै पूर्णिमा, यस्तो छ जनैको महत्व : थाहा पाउनुहोस्

August 3, 2020 877

प्रत्येक वर्ष श्रा’वण शुक्ल पूर्णिमाका दिनमा म’नाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आइतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ। सत्य’युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशा’ली दानवराज बली बाँधिए ।

त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा वि’चलित नहोऊ भनी डोरो बाँ’धेर जोगाएका थिए भन्ने पौरा’णिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।

सोही कारण रक्षा’बन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेनी त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डो’रो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णा’यक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

मानव रक्षा’का लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहि’तहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ।

आजकै दिन तागाधारीले आफ्नो’ जनै (यज्ञोपवित) फेर्छन्। य:सका लागि हिजैदेखि कपा’लमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ। यसरी व्रत बसेका तागा’धारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्ड’मा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन्। यस’लाई श्रावणी स्नान पनि भनिन्छ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषि’लाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,जमदग्नि, व’शिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भए’काले आजको दिनलाई ऋषि’तर्पणी पनि भन्ने गरिएको छ।

यस्तो छ जनैको महत्व:

हिन्दु दर्शनअनुसार ज’नैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटामा रहे’का तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अ’र्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।

जनै शब्दको अर्थ ज’नाउनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तिका लागि अन्य व्यक्ति’लाई जनैले धेरै कुराको जानकारी दिइरहेको हुन्छ।

धार्मिक शास्त्रअ’नुसार मनमस्तिष्क र चित्त शुद्धि’का लागि व्रतबन्ध गरिन्छ। शरीरमा रहेका सूक्ष्म विन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन्। यो डोरीले शरीर’मा रहेका रोमकुप, मुटुको बाहिरी विन्दु, फोक्सोको बाहिरी विन्दु र नाभीको बाहिरी भाग’लाई स्पर्श गर्छ।

क्वाँटी खाने पर्व:

आज ११ थरिका गेडागुडी मिसार्इ भिजा’एर टुसा उमारी क्वाँटी खाइन्छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम ग’र्दा शरीरमा लागेको चि’सो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने मान्यता छ।

राखी बाँध्ने दिन:

नेपालको तराई क्षेत्रमा भने आ’जकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभा’इबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। – पूर्वेली न्युज

प्रतिकृया दिनुहोस्