केही दिन अघि देखि एक बाबुले छोरोलाई बोकेर रिक्सा चलाएको विषय चर्चामा छ । कैलाली जिल्लाका अर्जुन विक ले आफ्नो सानो छोरालाई ढाडमा आफूले लगाएको लुगा भित्र चेपेर बोकेको फोटो सामाजिक सञ्जालमा देखिए पछि सारा नेपालीको ध्यान मोडिएको छ ।
फोटो सामाजिक सञ्जालमा भाइरल बने पछि पत्रकार हरुले खोजी गर्दै जाँदा उनी कैलालीको भएको पत्ता लागे सँगै उनका जीवनका दुःख संघर्षका कथाहरू बाहिर आउन थालेका छन् ।
छोरा जन्मिएको ४ महिना भए पछि श्रीमतीले अर्जुनलाई छाडेर गएको र आफ्नो छोरालाई उनले यसरीनै बोकेर रिक्सा चलाउने गरेको उनी बताउँछन् । घरको आर्थिक अवस्था कमजोर भएका उनी आफ्नो छोरा र परिवारको लालन पालनमा खटिएका हुन ।
उनी भन्छन् , मैले जे जस्तो खाए पनि रिक्सा चलाएर छोरलाई दूध र भात खुवाएको छु । त्यसमा मेरो दुःख मानौं छैन , तर छोरो सानै हुँदा श्रीमतीले छाडेर जाँदा धेरै दुःख लागेको छ” उनी भावुक हुँदै बताउँछन् ।
यसै बीच अर्जुनको गाउँ पुगेर पत्रकारहरुले उनीहरूका आफन्त र गाउँले साग पनि अर्जुन र उनकी श्रीमती बारे रिपोर्टिङ गरेका छन् । हेर्नुहोस् अर्जुन र उनकी श्रीमती बारेमा के भन्छन त गाउँले हरु ….
प्रतिकृया दिनुहोस्