सोमबार नेपा’लमा ४ सय १८ जनामा को’रोना भाइरस (कोभिड-१९) का संक्रमित थपिए’का छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएका ७ हजार ६३७ पीसीआर परीक्ष’णमा ४१८ जनामा कोरो’ना पोजेटिभ देखिएको हो ।
मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।
सोमबार ३५८ जना संक्रमित डिस्चार्ज भ’एका छन् । आजसम्म १४ हजार ९६१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
प्रदेश नम्बर १ मा ८७५, प्रदेश नम्बर २ मा ३ हजार १७६, बागमती प्रदेशमा ५४३ र गण्डकी प्रदेशमा १ हजार ३३० जना डिस्चार्ज भएका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७२३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २४८ जना डिस्चार्ज भएका छन् ।
कुन प्रदेश’मा कति संक्रमि’त
सोमबार देश’भरीका आइसोलेस’नमा ५ हजार ७ सय ३२ जना सं’क्रमित उपचाररत रहेका छन् ।
जसमा प्रदेश नम्बर १ मा २९०, प्रदेश नम्बर २ मा २ हजार ३५७, बागमती प्रदेशमा ६५१ र गण्डकी प्रदेशमा २७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३१५, कर्णा’ली प्रदेशमा २९८ र सुदूर’पश्चिम प्रदेशमा १ हजार ५४९ जना रहे’का छन् ।
प्रदेश नम्बर’ १ मा १ हजार २९६, प्रदेश नम्बर २ मा १ हजार १४४, बागमती प्रदेशमा ८२६ र गण्डकी प्रदेशमा २ हजार ७९५ जना क्वारेन्टिनमा रहेका’ छन ।
यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३४०, कर्णाली प्रदेशमा ५१४ र सुदूरपश्चिम प्रदेश’मा २ हजार ५३७ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोना’बाट ५७ जनाको मृ’त्यु भइसकेको’ छ । – खबर हब
प्रतिकृया दिनुहोस्