यति बेला सामाजिक सञ्जालमा एउटा विषयमा चर्चा चलिरहेको छ । फेसबुक देखि युटुब सम्म जहि तहीँ भाइरल भएको विषय हो अर्जुन विकको जीवन ।
केही दिन अघि एउटा फोटो बाट सुरु भएको उनको जीवनको चर्चा यति बेला चारै तिर चुलिएको छ । आफ्नै लुगाले बाँधेर ढाडमा बोकेर रिक्सा चलाउँदै गरेको फोटो केही दिन अघि भाइरल बनेको थियो ।
त्यो फोटो देखेपछि विभिन्न मिडियामा उनको जीवनमा विभिन्न पाटाहरू खोलेका छन् । उनले गरेको संघर्ष रा दुःखका कथाहरू विभिन्न युटुब चानेल ले बाहिर ल्याएका छन् ।
उनको दुःख देखेर विभिन्न व्यक्ति हरुलाई उनलाई आर्थिक सहयोग पनि गरेका छन् भने उनलाई धेरैले सहानुभूति व्यक्त गरेका छन् ।
त्यस्तै गरी अर्जुन का बारेमा अर्जुनका सासु ससुराले पनि बोलेका छन् , अर्जुनले आफ्नी छोरीलाई शारीरिक र मानसिक यातना दिने गरेको उनीहरुको भनाइ छ । शारीरिक र मानसिक यातना कै कारणले छोरीले ज्वाइँको साथ छाडेको उनहीहरुको आरोप छ ।
रक्सी खाएर आधा रातमा आउने र आफ्नी छोरीलाई तथानाम गालि गर्ने गरेको उनीहरू बताउँछन् । अर्जुनले नै आफ्नी छोरीलाई घर बाट निकालेको कारण एक साथ बस्न नसकेको ससुरा बताउँछन् ।
छोरा चेपेर रिक्सा चलाएर दुःख देखाउँदै सहयोग पाइन्छ भन्ने आशाले त्यस्तै नाटक गरेको ससुराको आरोप छ । उनी भन्छन् , “अर्जुनलाई अभिनय गर्न आउँछ ,उसले दुःख देखाएको हो , सहयोग पाइन्छ भन्ने आशाले त्यस्तो गरेको हो ।”
अहिले छोरी माइतीमा नभएर फुपुको घरमा बसेको समेत उनीहरूले बताए, अर्जुनले बोलेको सबै कुरा झुटो भएको उनीहरुको दाबी छ ।
हेर्नुहोस् भिडियोमा सम्पूर्ण कुराकानी….
प्रतिकृया दिनुहोस्