Tuesday, December 5

गणेश भगवानको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्

March 9, 2020 3113

मेष –  चे, चो, ला, लि, लु, ले, लो, अ

श्रम परे पनि तारि’फयोग्य काम गर्दै धेरैको उप’कार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रा’रम्भ गर्ने समय छ। अध्य’यनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकि’नेछ। परिवारमा आमाको सहयो’गबाट फाइदा मिल्नेछ। आफन्तको साथ जुट्नेछ। सम्झौताले उत्साह जगाउनेछ भने बुद्धिको उपयोग’ले लक्ष्य प्राप्त गर्न सकिनेछ। कृषि उत्पादनले आम्दानी बढ्नेछ भने उपभोग्य सामग्री जुटाउन सफल भइनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेका सहयो’गी प्रतिस्पर्धीका रूपमा दे’खापर्न सक्छन्। दाजुभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अवस’रका ला’गि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले चिताएका काम सम्पादन हुनेछन्। कृषि र पशुपालनमा केही समस्या देखिए पनि धन आर्जन राम्रै हुनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धि’का लागि समय प्रतीक्षा गर्नुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जना’त्मक कामबाट ख्याति मिल्नेछ। आलो’चकहरू पनि व्यवहारले नजिकिन सक्छन्। सहयोगी’हरूले साथ दिनेछन् भने अहिलेको मिहि’नेतले दिगो फाइदा दिलाउनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भेटघाटमा अलमलिनाले काममा बा’धा पुग्नेछ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नस’क्दा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। इच्छा’शक्तिद्वारा मह’त्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने आँटले काम बन्न सक्छ। रमाइलो जमघटका बीच खानपा’नको आनन्द प्राप्त हुनेछ। पहिलेको सफल’ताले थप हौसला जगाउनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुप’र्ने हुन सक्छ। तापनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रि’या अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। टाढा’का साथीभा’इको निम्तो प्राप्त होला।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा राम्रो उपलब्धि ‘हातलागी हुनेछ। पहिले रो’किएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापार’मा राम्रै फ’ड्को मार्न सकिनेछ। साझेदारी’बाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्य’कता पूर्ति होला। श्रम’को उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्ने’छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

बृश्चिक, तो ना, नि, नु, ने, नो, या, यि, यु
महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भए’ पनि तत्काल फाइदा उठाउन नसकिएला। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मिहिनेत गर्दा बिस्ता’रै कर्मफल प्राप्त हुनेछ। आज’को मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउने’छ। अरू’लाई प्रभावित पारेर काम बनाउने समय छ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समुदायको हितमा राम्रै काम गर्न सकि”नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थि’तिसँग सम्झौता गर्नुपरे पनि’ बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजि’किनेछन् भने मित्र’ता नै दिगो लाभको संवाहक बन्न सक्छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसि’नेछ। काममा साथीभाइबाट सह’योग मिल्नेछ। प्रियजनसँगको भेटघा’टले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। सो’खले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ।

मीन, दि दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पा’दन हुन सक्छ। अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्र’तिद्वन्द्वीलाई परास्त गर्न सकि’नेछ। प्रति’स्पर्धाले थप हिम्म’त जुटा’उला। केही चुनौती’हरू देखिए पनि अरूले आँट्न नसकेको काम आफ्ना ला’गि लाभदायक बन्न सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अ’घि बढ्ने’छ। पछिका लागि विशेष का’ममा जग’ बसाउने मौका छ।

प्रतिकृया दिनुहोस्