मोरङको रंगे’लीमा एकै परिवारका १४ जनामा कोरो’नाभाइरस संक्रमण पुष्टि भएको छ । सोम’बार जिल्लामा ४६ जना संक्रमित भेटिए’कोमा २२ जना रंगेली नगरपालिकाका रहेका छन् ।
संक्रमितहरुमध्ये ५ जना विद्युत प्राधिक’रण रंगेली वितरण केन्द्रका कर्मचारी, ३ जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी रहेका छन् । त्यस्तै, २ जना अस्पता’लका प्रावि’धिक र एक जना सहयोगी रहेका छन् ।
वुधबार सोनवर्षी नगर’पालिका ८ सक्टीका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा १५६ जनाको परीक्षण गरिएको’मा २२ जनामा संक्रमण पुष्टि भएको र १४ जना एकै परिवारका रहेको जनाइएको छ ।
मृतक पुरुष रंगेली क्लिनिक, जिल्ला अस्पताललगायत स्थानबाट कोशी अस्पताल आइपुगेको बताइएको छ ।
उनलाई कोरोना पुष्टि भए’पछि थप उपचारका लागि धरान रिफर गरिएको थियो । त्यसको केही घण्टामै उनको मृ’त्यु भएको थियो । रंगेली नगरपालिकाले ३ दिनका लागि ब’जार क्षेत्र सिल गरेको छ । – पूर्वेली न्यून
प्रतिकृया दिनुहोस्