जब मानिस पैसाको लोभमा फस्छ तब उसले सारा मूल्य र बन्धनलाई तो’ड्छ भन्ने हालैको एक घट&नाले फेरि पुष्टि गरेकोछ । नौं/नौं महिना कोखमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फाल्छिन् भन्ने त अझ कल्पना बाहिरको वि’षय । तर यही साउन १२ गते एउटी नि’र्दयी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ ।
घ’टना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शि’शु फालिएको समाचारले स’नसनी बनेर फैलियो । कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पो’षणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेश का मनकारी मनहरु तँ’छाडमँछाड गरेर ओइरिए ।
ब्यक्तिगत र सामाजिक संस्थाहरु बाट उनलार्य आर्थिक सहयोगको ओइरो नै लाग्यो । तर यस भित्र को कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ ।
शि’शु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ । यद्यपि काठमाडौं कै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गो’प्य राखिएको छ ।
परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खु’लासा भएको छ ।
घ’टना उजागर भए लगत्तै केयर बाल गृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अ’नुसन्धान थालेको छ ।
यसबारेको सूचना लिन हाम्रो टोली पुग्दा घटनाबारे अ’नुसन्धान गरिरहेको बौद्ध प्रहरीका डीएस’पी नविन कार्कीले अ’नुसन्धान जारीनै रहेका कुनै प्रतिक्रिया दिन नसक्ने भन्दै पन्छिए । उता केयर बालगृहमा पुग्दा संस्थापक पुष्पा अधिकारीले ती शिशुको बारे’मा प्रतिक्रिया नदिएपनि शि’शु फाल्ने र आफूले लिनेबारेमा भने नाटक गरेको स्वीकारिन् ।
चाार बर्षअघि खोलेको संस्थाका संस्थापक र बैदेशिक रोजगारीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसरी बेलिविस्तार लगाइन् ।
कुनै पनि शि’शु फालिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो नगरी सञ्जारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् । उनले त्यस बेला कोही दाबी गर्न आएमा शि’शु दिने पनि बताएकी थिइन् ।
तर शिशुका आमाकै मिलमतोमा घटना’को संरचना तयार पारिएको थियो ।अहिले प्रहरीले नि’गरानी थालेपछि भने केही सहयोगीसहित आएकी आमाले शिशुलाई लिएर गएकी छिन् । जुन हामी’लाई प्राप्त सीसीटीभीको दृष्यले देखाउँछ ।
चार बर्षअघि खोलिएको यस संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आश्रय लिएका छन् । जन्मदैकी यी शिशुलाई आमाकै मिलोमतोमा नाटक मञ्चन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नि’यत थियो वा अरु केही ?
प्रश्न उब्जेको छ ।पछिल्ला दिनमा बालमन्दिरबाटै नेपाली बालबालिका बे’चबिखन गर्ने गि’रोह प’क्राउपरेको घ’टना सेलाउन नपाउँदै विभिन्न नाममा खुलेका संस्थाहरुबाट यस्ता क्रिया’कलाप हुनथालेपछि आ’शंका र चि’न्ता दुबै बढाएकोछ । – सत्य कुरा
प्रतिकृया दिनुहोस्