Sunday, August 9

भेटियो २ नेपालीमा कोʼरोना भाइʼरस ! रिपोर्ट नै सार्वजनिक भयो सेयʼर गरौ……(भिडिʼयो सहित)

March 9, 2020 12393

­यूएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीहरु फेला परेका हुन् ।

योसहित यूएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना यूएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १ सय ७ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर १ लाख ११ हजार ४ सय ८९ जना सो भाइरसबाट संक्रमित भएका छन् ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्