अष्ट्रेलियाको सिड्नीमा बसो’बास गर्दै आएकी पत्र’कार सीता रसाईलीको तिज गीत “बर्ष दिन बितेको” बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । लामो समयदेखि पत्रकारिता र लेखन तथा विभिन्न रचनात्मक कार्यक्रममा स’क्रिय रहेकी रसाईलीको तीज को’शेली सार्व’जनिक भएको हो ।
संगीतकारका रुप’मा अलि बढी चिनिए पनि गीत लेखन, संगीत, गायन, वाद्यवादन, संगीत संयोजन, भिडियो ‘निर्देशन, अभिनय जस्ता धेरै क्षेत्रमा आफूलाई उत्तिकै अब्ब’ल सर्जकको रूपमा उभ्याउदै आएका बहुप्रति’भाशाली सर्जक “धुन सम्राट” बि.बि. अनुरागीले य’स गीतमा शब्द रचना र संगी’त गरेका छन् ।
सदियौंदेखि सामाजिक कलङ्कको रुप’मा रहेको जातीय बिभेदलाई यो अभिशापलाई गीतकार अनु’रागीले इङिगत गर्दै अब भत्सना र बिरोध मात्र होइन । कानू’नलाई व्यवहारमा लागू गर्नुप’र्छ भनेर गीत मार्फत जोड दिएका छन् ।
जातकै कारण कतिको ज्या’नै समेत गैसक्यो
केही त गरौं अब त अति भैसक्यो
कति गर्नु भत्सर्ना कति विरोध गर्ने हो
कानुनलाई व्यवहारमा ल्या’उनै पर्ने भाे
यसरी वर्गीय, जातीय, क्षेत्रीय, भाषि’क, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आ’र्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनि’श्चितका लागि सबै स’चेत भई लाग्नुपर्ने गीतको मुल भाव हो ।
गायिका सीता रसाइली लामो सम’यदेखि अष्ट्रेलि’यामा रहेर पत्रकारिता गरिरहेकी छिन् । अरूको समा’चार लेखिरहने सिता यतिबेला गायिका बनेसँगै आफुनै समाचार बनेकी छन् ।
पहिलो पटक गायिका’को रुपमा यस क्षेत्रमा पाइला टेकेकी सीताको यो गीत गायिकीपनले गायनमा पनि धेरै सम्भा’वना देखिएको छ ।
सिताको यस गीत प्रिज्म डिजिटल काठ’माडौंमा रेकर्ड गरिएको हो भने श्यामस्वेत रसाईलीले मिक्सिङ/ मास्टरिङ, नविन घर्तिमगरले सम्पादन गरेका छन् ।
सो गीत’को म्युजिक भिडीयोलाई शंकर ‘बिसीले निर्देशन गरेका छन् । यस गीतको म्यूजिक भिडीयोमा अहिलेकी चर्चित मोडेलहरु अन्जली अधिकारी, बन्धना नेपाल र उत्साह घिमीरे लगायत कलाकारले अभिनय गरेका छन् भने गीतको निर्माण डा.मोम विश्वक’र्माले गरेका हुन् ।
हेर्नुहोस् भिडियो ….
प्रतिकृया दिनुहोस्