कार्टुनमा बच्चा फेला परेको भन्दै अपनाएको बताएकी केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले गल्ती स्वीकार गरेकी छन् । उनले महिलाको अवस्थाका कारण आफुले त्यस्तो गर्नुपरेको बताएकी छन् ।
उनले आफुले बच्चाका बारेमा पहिला प्रहरीलाई जानकारी पनि गराएको बताएकी छन् । उनले बच्चा फेला पारेको भन्दै पहिला प्रहरीलाई जानकारी दिएको बताएकी छन् ।
त्यसो गर्नु मेरो गल्ती भयो, उनले भनेकी छन्, महिलाको अवस्था हेरेर मैले यस्तो गलत काम गरे । उनले आफुले पैसाको लागि गरेको भनेर आरोप लगाइएको भन्दै गुनासो गरेकी छन् । उनले आफैले पाल्ने उद्देश्यले ल्याउँदा केही समस्या हुने हो की भनेर यस्तो गरेको बताएकी छन् ।

उनले आमा आएर बच्चा मागेपछि फिर्ता दिएको बताएकी छन् । घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो ।
कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए ।ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलार्य आर्थिक सहयोगको ओइरो नै लाग्यो ।
तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ ।शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ ।

यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ ।
त्यस्तै उक्त बच्चाकी आमा मिडियामा आएकी छिन् । उनले आफुले बच्चा फालेको नभई अरु कसैको योजनामा उक्त काम भएको बताएकी छिन् । आफ्नो बच्चाको सबैलाई माया हुन्छ त्यसरी कहाँ फ्याक्न सकिन्छ र भन्दै आफु धेरै पीडित भएको बताएकी छिन् ।
पत्रकार कुस्लभ ले गरेको कुराकानी हेर्नुहोस् ।।
प्रतिकृया दिनुहोस्