Sunday, September 24

यिनै हुन त्यी शिशुकी आमा ! रुँ’दै आइन् पहिलोपटक मिडियामा (भिडियो हेर्नुहोस्)

August 4, 2020 1629

विदेशवाट गर्भव’ती अवस्थामा आएकी महि’लाले शिशु जन्माएपछि आफुसंग राख्न स’मस्या हुने महशुष गरेर बालगृहमा बुझाइन् । उनले परिवारका सदस्यलाई पनि शिशुका बारेमा नबताएका कारण’ जन्मदिएको बच्चालाई आफुसंग राख्न सकिनन् ।

त्यसैले बालगृहलाई बच्चा’ जिम्मा लगाइन् । तर बालगृहले भने त्यही बच्चालाई लावारि’स फेला पारेको भन्दै मिडियामा प्रचार’वाजी गरेको खुलेको छ ।

आफुले बालगृह’मा जिम्मा दिएको बच्चालाई कार्टुनमा राखेर फालेको अवस्थामा फेला पारेको भन्दै मिडियावाजी गरेपछि बच्चाको आमाले बालगृह पुगेर बच्चा आफु’लाई दिन मा’ग गरिन् । बच्चाको न्वारन भइसकेपछि त्यो घटनाका बारेमा रहस्य खुलेको हो ।

साउन १३ गते कार्टुनमा राखिए’को बच्चाको एउटा तस्वीर भाइरल भएको थियो । कपनको आका’शेधारा चौरमा बेवा’रिसे अवस्थामा शिशु फेला परेको भन्दै सामाजिक सञ्जालमा एकै छिनमा भाइरल भयो ।

केयर बालगृहकी सञ्चालि’का पुष्पा अधिकारीले १२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै सबैभन्दा प’हिला युटेयुवरलाई खबर गरिन् ।

वेवारिसे अवस्था’मा बच्चा फेला परेपछि प्रहरीलाई खबर गर्नु’पर्नेमा उनले सबैभन्दा पहिला युट्युवरलाई खबर गरेर बोलाइन् । युट्युवमा वेवारिसे बच्चा फेला परेको भन्दै भिडियो सार्वज’निक भएपछि सहयोगको ओइरो लाग्यो ।

अहिले सम्म करिब ६ लाख रुपैया जम्मा पनि भइस’केको प्रहरी अनुसन्धानवाट खुले’को छ । पालन पोषणका लागि भन्दै बालगृहमा जिम्मा ‘दिइएको बच्चालाई वेवारिसे भन्दै सड’कमा लगेर राखेपछि अहिले बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी छन् । प्रह’रीले सो घटनाको अनुसन्धान थालेको छ ।

महानगरीय प्रह’री परिसर, काठमाडौंका प्रमुख एस’एसपी श्यामलाल ज्ञवालीका अनुसार शिशु बेवारिसे नभएको पाइए पछि अनुसन्धान थालेको बताएका छन् । खाडी मुलु’कबाट हालै उ’द्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी हुन् ।

उनले शिशुला’ई आफूसँग राख्न’ सकिनन् र केयर बालगृहको जिम्मा लगाएकी थिइन् । घटना सार्वजनिक भएपछि प्र’हरीले आमाको दाबी स्वीकार गर्दै बच्चा उनलाई जिम्मा लगाएको छ ।

अहिले बालगृ’हकी संचालिनका पुष्पामा’थि पैसा उठाउन झुटो प्रचार गरेको आरोपसमेत लागेको छ । तर पुष्पाले भने अप्ठेरोमा परेको महिलालाई आफुले सहयोग गरेको दावी गरेकी छन् । ‘

उनले आफ्नो पैसा उठाउने’ कुनै उद्देश्य नभएको बताउँदै आएकी छन् । संस्थालाई चन्दा उठाउने उद्देश्य हो कि भन्ने विषय’मा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसै बीच त्यी बच्चाको आमा मिडिया’मा आएकी छिन् । आफूले बच्चा फाल्ने योजना नबनाएको र यो अरु कसैको योज’नामा आफू प्रयोग भएको उनले बताएकी छिन् ।।

हेर्नुहोस् यो भिडियोमा कुरा कानी….

प्रतिकृया दिनुहोस्