Sunday, September 24

भिडियोमा हेर्नुहोस् मुन्द्रेको कमेडी क्लबको नयाँ भाग , रामकृष्ण ढकाल र अन्जु पन्त हाँसेर झण्डै बे’होस

March 10, 2020 5444

हाँस्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ नयाँ कार्यक्रम लिएर दर्शकमाझ आएका छन्। उनले संचालन गर्ने कार्यक्रम हो ‘मुन्द्रेको कमेडी क्लब’।

नेपाल टेलिभिजनमा हरेक सोमबार राती ८:५० बजे यो कार्यक्रम प्रसारणमा आउने आधा घण्टाको कार्यक्रममा हाँस्य कलाकार दीपाश्री निरौला, राजाराम पौड्याल, राजेन्द्र नेपाली, उमेश राई लगाएतका हाँस्य कलाकारहरु छन्।

कार्यक्रममा दर्शकले नेपालीपन पाएको ‘मुन्द्रे’को दावी छ। विगत २० वर्षदेखि दर्शकलाई हसाउँदै आएका ‘मुन्द्रे’ यस्तै कार्यक्रमको तयारीमा थिए। तर, त्यतिखेर उनीसँग लगानीकर्ता थिएन।

‘यो स्टेज सो हो। टेलिश्रृङ्खलाहरु भित्र बाहिर खिचिन्छ। तर यो चाहिँ एउटै स्टेजमा रमाइलो गर्ने कार्यक्रम हो। स्टेजमा हुने कमेडी’, मुन्द्रेले भने ‘यो हाम्रो परिवेशको कार्यक्रम हो’।

कार्यक्रमलाई रुचाइदिएकोमा उनी खुशी छन्। कतिपयले भारतीय कमेडी शो को कपी भनेर भनिरहँदा उनले भारतीय टेलिभिजनको चर्चित कमेडी सो ‘कमेडी विथ कपिल शर्मा’को नक्कल नभएको दावीस’मेत गरेका छन्।

कार्यक्रममा विभिन्न क्षेत्रका सेलिब्रेटीहरु संग रमाइलो गरेको देख्न सकिन्छ । चलचित्र क्षेत्र देखि सामाजिक क्षेत्र सम्मका चिनिएका अनुहार हरुलाई कार्यक्रम देखाइने गरिन्छ , यसै क्रममा हिजो सोमबार नेपाल स्टार नामको नेपाली संगीत रियालिटी सो का जर्जहरुलाई देखाइएको छ ।

गायक रामकृष्ण ढकाल , गायीका अन्जु पन्त र आलोक श्री पाहुना रहेको उक्त कार्यक्रम हेर्नुहोस् …

प्रतिकृया दिनुहोस्