विस्कुटको कार्टुनमा फेला परे’की बालिकाको बारेमा खेलिएको घृणित खेलमा आफुलाई पनि सहभागी बनाएको थाहा पाएपछि युट्युवर भाग्य न्यौपाने फेरी त्यहाँ गएका छन् ।
कपनमा एउटा बेवारिसे बालिका फेला परे’को भन्दै सबैभन्द पहिला युट्युवर भाग्य न्यौपानेलाई बोलाईएको थियो । उनले बच्चा फेला परेको भन्दै युट्युवमा भिडियो सार्वजनिक गरेका थिए ।
शिशु फेला परेपछि देश विदेशवाट सहयोग रकम’को ओइरो लागेको थियो । वेवारिसे अवस्थामा बच्चा फेला परेपछि प्रहरी बोलाउनु पर्ने भएपनि युट्युवरलाई बोलाइएको थियो । प्रहरीलाई खबर नगरी सामाजि’क सञ्जालमा भा’इरल बनाइएपछि प्रहरीले त्यस’का बारेमा अनुसन्धान थालेपछि रहस्य खुलेको हो ।
बालिकाको आइत’वार न्वारन समेत गरिएको छ । तर त्यो घटनाको भित्रि पाटो सार्वजनिक भएपछि युट्युवर न्यौपा’ने पुगेका थिए । शिशु वेवारिसे फेला परेको भन्दै बाल’गृहकी संस्थापक पुष्पा अधिकारीले संरक्षणको जिम्मा लिएकी थिइन् ।
उनको बालगृहमा पुगेका दर्जनौ युट्यु’वरले भिडियो बनाएका थिए । त्यस पछि देशविदे_शवाट सहयोगको ओइरो आउन थाल्यो । शिशु भेटिएको सातौं दिनमा अन्तत नयाँ रहस्य खुले’को छ । शिशुलाई पैसा कमाउनका लागि त्यसरी जानाजान राखिएको रहस्य खुलेको छ।
त्यो बच्चालाई जन्मदिने आमासं’गको मिलेमतोमा यस्तो गरिए’को रहस्य खुलेको हो । उनी केही समय अघि वैदेशिक रोजगारीमा रहेर अलपत्र परेकाहरुलाई चार्टर विमानवाट उद्दार गरिएकी महिला हुन् । उनी गर्भवती अवस्थामा नेपाल आएकी थिइन् । उनले बच्चा’लाई जन्म दिइन् । तयसपछि यसरी खेल सुरु गरिएको छ ।
काठमाडौंको कुनै संस्थामा बसेकी ति महिला’को परिचय अहिले’सम्म गोप्य राखिएको छ । परिवारलाई खवर नगरी काठ’माडौंमै कुनै संस्थामा आश्रय लिई ब’सेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ ।
र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खु’लासा भएको छ । घटना उ’जागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनु’सन्धान थाले’को छ ।
भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्