चकलेटी हिरोको उपमा पाएका आर्यन सिग्दे’लको आज जन्मदिन।
१९८४ अगस्ट ५ तारिखका दिन हरिकृष्ण सिग्देल उर्फ आर्यनको जन्म सुर्खेतमा भए’को थियो । एसएसलसी पास गरे उच्च शिक्षाका लागि काठमाडौं छिरेका उनी अध्ययनसँ’गै अभिनयतिर लागे।
किस्मत चलचित्र’बाट डेब्यू गरेका उनले तीन दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरे। पहिलो डेब्यू चलचि’त्रले नै चर्चा पाए’पछि उनमा थप उर्जा थप्यो। र, निरन्तर अभिनय यात्रामा लागिरहे।
हरिश नाममा वजन नदेखि’पछि उनले आर्यन नाम राखे। आर्य परिवारमा जन्मिएका उनको मुखमा आर्य नै बढी झुण्डि’न्थ्यो। त्यसैबाट उनले आफ्नो नाम नै आर्यन राखे।
उनलाई हरिशले भन्दा पनि आर्यनले चि:नाएको छ। एक बेलामा चर्चित हिरो आर्यन पछिल्ला केही समय निस्क्रिय जस्तै बने। २०७५ सालमा कायरामार्फत् चल’चित्र क्षेत्र:मा देखिएका थिए भने गतवर्ष चलचित्र ‘च च हुई’ मा काम गरेका थिए। अब कुनै नयाँ चचल’चित्रको तयारीमा छन्। चलचित्र निर्देशक विशाल सा’पकोटासँग नजिकिरहेका उनी सहकार्यका लागि तयार छन्।
तर, कोरोना महामारीका कारण त्यो तत्काल सम्भव छैन। गत वर्ष ‘सेल्फी किङ्ग’को निर्देशन गरेका विशालले अब आर्यनसँग काम गर्न तयार छन्। गत वर्ष आर्यनले अभिनय गरेका २ चलचित्र ‘हजार जुनिसम्म र च च हुई’ ले पनि राम्रो छाप छोड्न सकेनन्।
नयाँ चलचित्रको लाके’शन हेर्न वि’शाल र आर्यन पोखरामा छन्। महामारीका कारण अन्यौलता छाएको उनीहरूको भनाइ छ।
प्रतिकृया दिनुहोस्