Thursday, December 7

आज यती धेरै बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ? हेर्नुहोस्

August 5, 2020 1097

सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तो’लाको एक लाख एक हजार ४ सय रुपैयाँ नि’र्धारण गरिएको नेपाल सुनचाँदी व्यव’सायी महासंघले जनाएको छ ।

महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयो’जक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ ।

अन्त’र्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना सङ्क्र’मणका कारण अस्थिरता बढेका’ले सुनको भाउ निरन्तर बढिर’हेको उहाँले बताउनुभयो ।

यस्तै अन्तर्राष्ट्रिय भाउमा नै भर पर्नु’पर्दा नेपालमा सुनको भाउ महंगो भएको हो । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धा’रण गरिएको महासंघले जनाएको छ । हेर्नुहोस् सुनचाँदी व्यव’सायी संघले तोकेको मूल्य

प्रतिकृया दिनुहोस्