भारतमा यस्तो एउटा महंगो विवा’हको घटना सार्वज’निक भएको छ। एक भारतीय नेताले आफ्नी छोरीको विवाहमा ८ अर्ब खर्च गरेका छन्।
कर्नाटक राज्य’का स्वास्थ्यमन्त्री बी श्रीरामु’लुले खर्चमा इतिहास रच्दै छोरीको विवाह गराएको भारतीय सञ्चार’माध्यमले जनाएका छन्। कर्नाटकमा भारतीय जनता पार्टीका संकटमोचक भनेर समेत चिनिने दलित नेता श्रीरामुलुले छोरी रक्षिता’को विवाह आगामी मार्च ५ मा तय गरेका छन्।
छोरीको विवाहमा नेता’नीले पानी झैँ गरी पैसा बगा’उँदैछन् । हैदरावादका एकजना उद्यो’गपतिसँग मन्त्रीकी छो’रीको बिहे हुन लागेको हो।
५ तारिखमा हुने विवाहको पूजा’आजा तथा भोजभतेर २७ फेब्रुअरीमै सुरु भैसकेको छ। ९ दिनसम्म चल्ने उक्त समा’रोह भार’तमा यो दशककै सबै’भन्दा महंगो वि’वाह हुने बताइएको छ।
यसअघि कर्नाटकमै जनार्दन रेड्डी ना’मका नेताले छोरीको बिहेमा करोडौँ खर्च गरी सबै’भन्दा महंगो बिहेको रेकर्ड रो’खका थिए। श्रीरामुलुले उक्त रकेर्ड तोड्नेछन्। मन्त्रीले छोरी’को बि’हेमा भारतका शीर्ष नेताहरुसँगै ५ सय पुजारीहरुलाई समेत निमन्त्रणा गरेका छन्।
विवाहमा भारतीय प्रधान’मन्त्री मोदीसहित १ लाख पाहुनाहरुलाई निम्तो कार्ड पठाएका छन्। निम्ता’कार्ड सँगै केशर, सुकुमेल, सिन्दुर, बेसार तथा अक्षता पनि पठाइएको छ।
४० एक्कड क्षेत्र’फलमा फैलि’एको प्यालेस ग्राउण्डमा उक्त बिहे समारोह हुँदैछ। जसमध्ये १५ एक्क्ड त गाडी’को पा’र्किङ’का लागि मात्र छुट्टाइएको छ। पछिल्लो ३ महिना’देखि बिहेको मण्डप निर्माण कार्य भैरहेको छ।
प्रतिकृया दिनुहोस्