Sunday, September 24

आज झन् बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ? हेर्नुहोस्

August 6, 2020 1448

सुनको भाउ उकालो लाग्ने क्रम आज पनि कायमै छ । आज तोलामा ११ सय रुपैयाँ बढेर सुन’को भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपै’याँ निर्धारण गरिएको नेपा’ल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुन’को भाउ आज ११ सय रुपैयाँ महँगो भएको हो । सुन हिजो तोलाको १ लाख १४ सय रुपैयाँ थियो ।

महासङ्घ अन्तर्गतको भाउ निर्धारण समि’तिका संयोजक तेजरत्न शाक्यका अनुसा’र अन्तर्राष्ट्रिय बजा’रमा सुनको भाउ आज प्रति औंश २८ डलरले बढेको छ ।

अन्तर्राष्ट्रिय बजा’रमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पु’गेको छ । भाउ महँगो हुँदै गए’पछि कारोबार भने ठप्प भएको छ ।

हेर्नुहोला नेपाल सुन चाँदी व्यवसायी महासंघले निर्धारण गरेको सुन चाँदीको मूल्य…

सुनको मूल्य

प्रतिकृया दिनुहोस्