पछिल्लो आधा दशकदे’खि नेपालमा युट्यु’वको क्रेज थामिनसक्नु भएको छ। युट्युवमा विभिन्न विषयका भिडियो बनाएर अपलोड गर्नेहरु आजभोलि छ्याप्छ्याप्ती छन्। युट्युवमा भिडियो हालेर लोभलाग्दो ख्यातिसँगै आम्दानीमा पनि माला’माल छन् युट्युवरहरु।
युट्युवबा’ट आम्दानी राम्रै हुन थाले’पछि पछिल्लो समय बोल्न सक्ने, कन्टेन्टको खोजी र डिजा’इन गर्न सक्ने हजाराैं युवायु’वती च्यानल खोलेर युट्युवमा भिडियो हाल्न थालेका छन्। युट्युवमा भिडियो हाल्नेमा कलाकार, पूर्व मिस नेपाल, पत्रका’रदेखि सामान्य युवायुवती पनि उत्तिकै छन्।
सेसन बानियाँ, पूर्व मिस नेपाल शृंखला खतिवडा, उत्सव रसाइली, अनुप भट्टराई, भाग्य न्यौपाने, शिशि’र भण्डारी, विश्व लिम्बुलगायत अहिले युट्युवमा नेपाली भिडियो हेर्ने दर्शकका लागि परिचित नाम हो।
कति हुन्छ कमाइ ? युट्युवमा’ नियमित भि’डियो हाल्ने र राम्रो भ्यूज जाने च्यानलबाट रामै आम्दानी हुने युट्युवर उत्सव रसाइलीले बताए। रमाइलो छ डटकम अनलाइन’समेत चलाइरहेका उनले युट्युवमा भिडियो अपलोड गर्नकै लागि पुतलीसडकको स्टार मलमा अफिस समेत राखेका छन्।
रेडियो, अन’लाइन हुँदै युट्युव च्यानल’ सुरु गरेका उत्सवले सुरुवातीको केही समय मज्जाको टिभीमा काम गरे। करिब १ वर्ष मज्जाको टिभीमा काम गरेपछि युट्युवमा रमाइ’लो छ नाउँको च्यानल बनाएको उनले सुनाए। चलचित्र र संगीत क्षेत्रसँग सम्बन्धित उनले गरेका रमाइला र अनौपचारिक भिडियोलाई दर्श’कले रुचाए।
१ वर्षमै उनले २ लाखभ’न्दा बढी सब्सक्राइबर पनि बटुले। युट्युवको कमाइले सन्तुष्ट देखिएका उनी भन्छन्, ‘यसैबाट स्टारमा ‘अफिस र स्टाफको २ लाख रुपैयाँभन्दा बढी’को मासिक खर्च मज्जाले पुगेको छ।’ लगभग ‘तीन लाख जति महिनामा कमाइ हुन्छ।
शिशिर भण्डारी
युट्युवर शिशिरी भण्डारी युट्युवमा राम्रो कमाइ गर्ने ब्यक्ती हुन। भण्डारी युट्युव हेर्ने नेपाली दर्शकमाझ समस्यामा परेकाहरुको उद्धारको रुपमा समेत परिचित छन्। उनले विभिन्न समस्या परेका सर्वसाधा’रणको बारेमा बनाएको भिडियोबाट प्रभा’वित भई देशविदेशमा बस्ने नेपाली’हरुले सहयोग रकम पठाउने गर्छन् र त्यसरी जम्मा भएको रकम पीडितसम्म पु-याउने माध्यम भण्डारी बनिरहेका छन्। सोसियल ब्लेड’का अनुसार उनको च्यानले मासिक १ देखि १० लाख रुपैयाँ आम्दानी गरिरहेको छ ।
शिसन बानियाँ
शिसन बानियाँ पनि च’र्चित नेपाली युट्यु’वर हुन्। उनले युट्युवमा उच्च क्वालिटीको भिडियो अपलोड गर्दै आइरहेका छन्। सोसियल ब्लेडका अनुसार बानियाँको च्यानलको मा’सिक आम्दानी कम्ती’मा ६० हजारदेखि १० लाखसम्म हुन्छ।
नेपालका उत्कृष्ट १० युट्युव च्यानल यी हुन्। टप १० नेपाली युट्युव च्यानल र आम्दानी : यो केही समय अघिको रिपोर्ट हो।
१. म्युजिक नेपाल ६.८- ३५० हजार डलर
२. बुढासुब्बा डिजिटल ७.३ देखि ११६.१ हजार डलर
३. ओएसआर डिजिटल १५.८ देखि २५२.२ हजार डलर
४. न्युज २४ २.६ देखि ४०.९ हजार डलर
५. मिडिया हब अफिसियल च्यानल ४.९ देखि ७८.३ हजार डलर
६. रामसार मिडिया प्रा.लि. २.५ देखि ३९.६ हजार डलर
७. तात्तातो खबर ३.३ देखि ३० हजार डलर
८. कान्तिपुर टिभी एचडी २.९ देखि ४७ हजार डलर
९. भ्वाइस अफ नेपाल २.४ देखि ३७.८ हजार डलर
१०. नयाँ नयाँ न्युज नेपाल ६३० देखि १०.१ हजार डलर
नेपाली टेलिभिजनका युट्युब च्यानलको आम्दानी टेलिभिजनको युट्युव च्यानल आम्दानी:
कान्तिपुर टिभी एचडी – २.९ देखि ४७ हजार डलर
न्युज २४ २.६ देखि ४०.९ हजार डलर
एपी वान एचडी ३०९ देखि ४.९ हजार डलर
हिमालय टिभी २६५ देखि ४.२ हजार डलर
इमेज खबर ४२५ देखि ६.८ हजार डलर
एभिन्युज खबर २५० देखि ३ हजार डलर
स्रोत:सोसियल ब्लेड अनुसार यो अनुमानित कमाई हो ।
तुफान न्युज
प्रतिकृया दिनुहोस्