Saturday, September 23

पुष्पा अधिकारीसँग छुटेपछि यसरी रुदै गए ११ बालिका, खाली खुट्टै लगियो (भिडियोसहित)

August 6, 2020 3680

गत साउन १२ गते सोमबार का’र्टुनमा शिशु भेटिएको झुटा प्रचारप्रसार गरेपछि काठमाडौं कपन स्थित रहेको केयर बालगृह विवादमा मुछिएसँगै ११ बालबालि’काको बुधबार उ’द्धार गरिएको छ ।

एउटा अबोध बालिका’लाई देखाएर पैसा जम्मा’ गर्ने कुत्सित खेल भएको खुलेपछि राष्ट्रिय बालअधिकार परिषद्ले केयर बाल’गृहमा रहेका अरु बालबालि’काहरुको पनि उद्धार गरेको हो । बालबालिका खोजतलास समन्वय केन्द्र, वडा कार्यालय र स्था’नीय प्रहरीको रोहबरमा उनीहरुलाई उद्धार गरिएको हो ।

खाली खुट्टा नै लगिँदै बालिका

बालगृह सञ्चा’लन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएपनि वडामा भने दर्ता नगरिएको राष्ट्रिय बालअ’धिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेल’कोे भनाइ छ ।

बालगृहका सञ्चालिका पुष्पा’ अधिकारीले हालै शिशु फालि’एको भन्ने विषयला’ई नाटकीय ढंगले प्रस्तुत गरेकोबारे र सो बालगृहमा रहेका बालबालिकाको परिवारको विवरण’काबारेमा अनुसन्धान गरिने प्रतिबद्धता धरेलको छ ।

रुँदै बालिका

२०७४ सालमा खोलिएको सो बाल’गृहमा हाल ११ जना बालिका छन् । उद्धार गर्नेक्र’ममा रुवाबा’सी गरेका ती बालिका’हरुलाई आफ्नो अभिभावककाबारेमा कुनै जानकारी छैन ।

इमेज खबरले तयार गरेको यो भिडियो रिपोर्ट हेेेेर्नुहोस्……

प्रतिकृया दिनुहोस्