कोभिड–१९ कोरोना भाइर’सबाट संक्रमित भएर निको भइसकेका १ सय बिरा’मीमध्ये ९० प्रतिशतमा अझै फोक्सो’को सम’स्या देखिएको एक अध्ययनले देखाएको छ ।
त्यस्तै, निको भएका ५ प्रतिशतमा फेरि पो’जेटिभ नतिजा देखिएपछि उनीह’रुलाई क्वारेन्टा’इनमा राखिएको चिनियाँ सरकारी सञ्चार’माध्यम ग्लोबल टाइम्समा प्रकाशित समाचा’रमा उल्लेख छ ।
उहान विश्वविद्या’लयको झोङनान अस्पता’लले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियो’ङको नेतृत्व’मा गत अप्रिलयता १ सय जना बिरामी’हरुको निरन्तर फलो अप गरिर’हेको छ ।
एक वर्षे कार्य’क्रमअन्तर्गत पहिलो चरणको फलो’अप जुलाईसमा सकिएको मिडिया रिपोर्टमा उल्लेख छ । यी १ सय ज’ना बिरामी’हरुको औसत आयु ५९ वर्ष रहेको छ ।
पहिलो चर’णको नतिजाअ’नुसार ९० प्रतिशत अर्थात् ९० जना बिरामीको फोक्सो अझै क्षतिग्रस्त अवस्थामै छ । जसको अर्थ उनीहरुको फोक्सो’को भेन्टि’लेशन र ग्यास एक्स’चेन्ज कार्य अझै स्वस्थ व्यक्तिह’रुको स्तरमा आइसकेको छैन भन्ने हो ।
पेन्गको टिमले बिरामीहरुलाई ६ मिनेट हिँडा’एर परीक्षण गरेको थियो । जसअ’नुसार उनीहरु ६ मिनेटमा ४ सय मि’टरमात्रै हिंड्न सकेको देखियो, जबकि स्वस्थ व्यक्ति’ले यही अव’धिमा ५ सय मिटर हिँड्न सक्छन् ।
दोङजिमिन अस्पता’लका डाक्टर लियाङ तेन्गसि’यओका अनुसार निको भइसकेका केही बिरामीहरु अस्पतालबाट डिस्चार्ज भएको तीन महिनापछि पनि अझै अक्सि’जन मेसिनको सहारा लिन बाध्य छन् ।
लियाङ’को टिमले निको भइसके:का ६५ वर्षमाथिका बिरामीहरुको पनि फलो अप गर्दैछ । बिरामी’हरुले डि’प्रेसन र केही हदसम्म लोकलाजको पनि सामना गर्नु’परेको मिडिया रिपोर्टमा जनाइएको छ ।
निको भइ’सकेका अधि’कांश बिरामी’काअनुसार परिवारका सदस्य उनीहरुसँग एउटै टेबुलमा बसेर खाना खाने इच्छा देखाउँदैनन् । निको भएका १ सयमध्ये आधा’भन्दा पनि कम व्यक्तिमात्रै का’ममा फर्केको रिपोर्टमा उल्लेख छ । श्रोतः ग्लोबल टाइम्स (रातो पाटी बाट साभार)
प्रतिकृया दिनुहोस्