Tuesday, December 5

खारेजीको जोखिममा कोरियन भाषा परीक्षा ‘इपीएस’

August 8, 2020 967

नक्कली परीक्षा’र्थी भेटिएपछि एक दशक अघि’देखि सञ्चालन हुँदै आएको रो”जगार अनुमति प्रणाली (ईपिएस) को भाषा परीक्षा नै र’द्द हुने अवस्था उत्पन्न् भएको छ ।

नेपा”लस्थित कोरियाली दूता’वासले सूचना जारी गर्दै भाषा परीक्षामा देखिएको अवान्छित क्रियाकलापका का’रण यस वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा नहुने सम्भावना रहेको जनाएको छ ।

कोरिया मानवस्रोत वि”कास विभाग (एचआरडी)ले सञ्चालन गरेको ईपीए’समार्फत कोरिया प्रवेश गरेका ५८ जना नेपालीले अन्य व्यक्तिलाई परीक्षा दिन लगाएको, प्रवेशप’त्रमा फोटो परिवर्तन गरेको र नक्कली काग’जात पेश गरेको अभियोग लगाउँदै नेपाल’को रोजगारी गुम्ने चेतावनी दिएको हो ।

यस्ता नक्कली नेपाली परीक्षार्थीलाई सन २०२० फेब्रुवरीमा पहिचान गरी कोरिया सरकारले गत मार्च र जुन महिना’को अन्त्यमा नेपाल फर्काएको थियो ।

कोरियाको कानुन मन्त्रालय र ईन्छन विमान’स्थल अध्यागमन कार्यालयले सन् २०२० अप्रिलमा ईपीएस अन्तर्गत भाषा परीक्षामा अर्काको परीक्षा दिने तथा अर्कालाई प’रीक्षा दिन लगाउने कार्य’मा संलग्न भएका नेपालका ५ जना दलालसमेत पक्राउ गरे केही समय जेल राखेर नेपाल पठाएको थियो ।

यसरी प’क्राउ परेका नेपालीले २०१८ र २०१९ मा नेपालमा सञ्चालन भएको ईपी’एस भाषा परीक्षा’मा अर्काको परीक्षा दिने तथा अन्य अन्य परीक्षार्थीको माध्यमबाट उच्च अंक प्राप्त गरी कोरि’या प्रवेश गरेको दूतावासले जनाएको छ ।

कोरियाली भाषा परीक्षाको अवैधका’र्यमा यहाँ रहेका कोरियाली भाषा प्रशिक्षण केन्द्र’को समेत संलग्नता देखिएको कोरिया’को आरोप छ । यसरी भाषा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै अर्का’को नाममा परीक्षा दिई पैसा असुल्ने २ नेपालीको नाम समेत सार्वजनिक गरेको छ ।

सन् २०१८ र २०१९ मा भाषा परीक्षा उ’त्तीर्ण गरी सीप परीक्षामा समेत सहभागी भई कोरिया जान’का लागि प्रतिक्षारत करि’ब ७ हजार नेपाली हाल कोरोनाभा’इरस संक्रमणका कारण जान नसकिरहेको समेत दूतावासले जनाएको छ ।

कोरिया जान नपाएका केही व्यक्तिले माइ’तिघर मण्डलामा विभिन्न चरणका आन्दोलन गरिरहेकोमा समेत कोरि’याले दुःख व्यक्त गरेको छ । “नक्कली कागजात बनाउने, अर्काको फोटो मि’लाएर कोरिया पुगेका ५८ जना व्यक्ति’लाई कोरिया सरकारले पक्रिएर फर्काएको विषयले भविष्यमा नेपाली कामदारको कोरिया रोजगारीमा अत्यन्त नका’रात्मक प्रभाव पर्ने निश्चित देखिन्छ,”

दूतावासका एक अधिका’रीले भने, “यसअघि भियत’नाममा पनि कोरियाली भाषा परीक्षामा अवैध चलखेल गर्ने व्यक्ति’हरू धेरै भएका कारण’ २ वर्षका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम नै रद्द भएको थियो ।”

नेपालबाट हरेक वर्ष लगभग ६ देखि ७ हजार ने’पाली ईपी’एसअन्तर्गत कोरियाको उत्पादनमूलक क्षेत्र, कृषि व्यवसाय आदिमा रोजगारका लागि जाने गरेका छन् । कोरि’यामा मासिक औसत १ हजार ५०० अमेरिकी डलरभन्दा बढि पारिश्रमिक प्राप्त गर्न ‘सकिने हुँदा अन्य मुलुकको तुलनामा नेपालीले रोजगार’का लागि छनोट गर्ने देशमा पर्दछ ।

बिदाको दिनलगायत अति’रिक्त समय काम गरेको खण्डमा औसत ३ हजार अमे’रिकी डलर सम्म प्राप्त गर्न सकिने भएको’ले हरेक वर्ष ७० देखी ८० हजार नेपाली युवाले भाषा परीक्षा दिने गरेका छन् ।

नक्कली परीक्षार्थीलाई ८ लाख

कोरिया सरकारको छानबि’नअनुसार खेताला परी’क्षार्थीका लागि प्रतिव्यक्ति ५ ह’जार डलरदेखि ८ हजार डलरसम्म भुक्तानी गरेको पाइ’एको दूतावासले जनाएको छ ।

हाल नक्कली व्यक्ति’लाई परीक्षा दिन लगाए’र कोरियाबाट पक्राउमा परी फर्केकाको संख्या’ नै ५३ रहेको छ भने कोरिया जाने पर्खाइमा रहेका करिब ५० युवाले पनि नक्कली परीक्षा’र्थीबाटै भाषा परीक्षा उत्तीर्ण गरेको पाइएको छ । ईपी’एस भाषा परीक्षाको सेटिङमा संलग्न ५ जना दलालहरू विगतदेखि नै सक्रिय रहेको पनि कोरि’याको भनाइ छ । यो खबर गोपाल संग्रौला ले कारोबारमा लेख्नु भएको छ ।

प्रतिकृया दिनुहोस्