Thursday, December 7

दक्षिण कोरियामा रहेका विदेशी कामदार’लाई आयो खुशीको खवर !

August 9, 2020 2435

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरि’या आएर भिसा अवधि सकिएका विदेशी काम’दारलाई सरकारले भिसा थप गरिदिने भएको छ ।

सरकारका अनुसार त्यस्ता कामदार’हरूले भिसा अवधि थप भएको समयमा समेत काम गर्न पाउनेछन् ।विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महा’मारीका कारण भिसा स’किएका कामदार स्वदेश फर्कन नपाएपछि तत्कालका लागि यो नियम ल्याइएको हो ।

यसअघि पनि कोरिया सरका’रले अवधि सकिएका कामदारको भिसा ५० दिन थप गरि’दिएको थियो । तर उक्त अवधि’मा पनि आफ्नो देश फर्कन नसकेकाहरूलाई थोरै समयका लागि भिसा थप्दै आएको थियो । तर यसरी थपिएको भिसा अवधिमा कामदारलाई कार्य गर्ने अनुमति भने दिइएको थिएन ।

कोरियाली सर’कारको निर्णयसँगै १६ देशबाट ईपीएस’मार्फत कोरिया आएर कार्य अवधि सकेका ४० हजारभन्दा बढी कामदार लाभान्वित हुनेछन् । हाल दक्षिण कोरियामा ५ हजारभन्दा बढी नेपा’लीको भिसा अवधि सकिएको छ ।

कोरियाली प्रधा’नमन्त्री चुङ से क्युनले बुधबार वि’पद् व्यवस्था’पनको बैठकमा बोल्दै नयाँ नियमबारे बताएका हुन् । उनले कोरियाको धेरै गाउँका कृषि फार्महरूमा कामदारको अभाव रहेकाले सरकारले नयाँ नियम ल्याउन लागेको पनि जनाए । ‘भिसा थपिए’काले अस्था’यी रूपमा काम गर्न पाउने छन् । उनीहरूलाई कृषि फार्मतिर कामका लागि प्रोत्साहन गरिनेछ,’ उनले भने ।

२ सय ३८ नेपाली नेपाल फर्किए

लामो समयदेखि भिसा सकिएर बसेका २ सय ३८ जना नेपाली कोरियन एयरमार्फत गत हप्ताको बिहीबार नेपाल फर्किएका छन । ५ हजारभन्दा बढी नेपाली भिसा अवधि सकिएर स्वदेश फ”र्कने पर्खा’इमा छन् । बिहीबार फर्कने’सहित हालसम्म ७ सय जना कामदार मात्रै स्वदेश फर्कन पाएका छन् ।

लामो सम’यदेखि भिसा सकेर बसेका नेपालीले न त कम्पनीमा नियमित काम गर्न पाएका छन् न त स्वदेश फर्कन नै । यसरी काम पनि गर्न नपाउने र घर पनि जान नपाउँदा मानसिक सम’स्या देखिन थालेको ख्याङगिदो ह्वा’साङसीमा बस्दै आएका राज’कुमार कार्कीले बताए ।

‘हामी ४ महिनादेखि काम नगरी कोरि’यामा बसिरहेका छौं । पहिले कमाको पैसा खर्च गरिरहेका छौं । पैसा तिरेरै नेपाल जान्छौं भन्दा पनि घर जान पाइ’एको छैन,’ उनले भने । भदौ १ गतेदे’खि नेपालले अन्तर्राष्ट्रिय उडान अनुमति दिने निर्णय’पछि भने स्वदेश फर्क’न सजिलो हुनेमा आशावादी छन् अर्का नेपाली पूर्ण’मान चाम्लिङ । कान्तिपुर

प्रतिकृया दिनुहोस्