Friday, August 6

सपनाको देश दक्षिण कोरिया पुगेपछि….

August 10, 2020 1353

एउटा हातले मेसिन चलाउँदै अर्को हात’ले हतारिदै फोन उठाएँ। उताबाट मलिन स्वर’मा रमेशको आवाज आयो ‘सरी राजु यो पट’क पनि परीक्षा राम्रो भएन।’ अहि’ले चिन्ता नलिए’स् रिजल्ट आएपछि मात्र थाहा हुन्छ बेकारको चिन्ता लिन्छ्स् यार त, मैले सान्त्वना दिँदै भनेँ।

‘वर्ष दिनदेखि:को तयारी गरियो। ए:क दिनमै कोरियाको सब सपना चकना:चुर हुन्छ यार। यही च:क्करमा तीन वर्ष भइसक्यो पुरै डिप्रेसनले गाँजेको छ। अब त दिक्क लागि:सक्यो…,’ एकै सा:समा रमेशले बोलेर सक्यो’।

‘अहिले चिन्ता नलिएस्। म विश्वस्त छु एक:दिन त कोरियामा अवश्य आउनेछस्। भन् अरु के छ खबर?’ मेसिनको चर्को आवाजलाई छोप्ने गरि ठूलो स्वर:मा बोल्दै सोधे- ‘खासै केही छैन मास्टर सकियो। एक वर्षदेखि पै:साको थुतुनो दे:खिने काम केही गरेको छैन। कोरियाको चक्करले गर्दा पढाइरहेको स्कुल पनि छोडे। बु’बालाई पनि खा’सै सन्चो छैन अब रो:पाइँ गर्न गाँउ जान्छु। यस्तै छ मेरो त।

‘भन तेरो के छ कोरिया तिर,’ आफ्ना पी:डाका पहाड सुनाउँदै रमेशले मलाई प्रतिप्रश्न गर्यो। ‘मेरो सबै ठिकै छ अहिले ड्यु:टीमा छु भरे कुरा गरौला’ भन्दै फोन राखे।

खोलामा नांगै पौडी खेल्नेदेखि चिहान:घारीमा सँगै ऐसेँलु टि:पेर खाने सम्मको साथीले मास्टर सकियो भन्दा गर्भले छाति फुलाएँ। तर उही मास्टर सकेको साथी:ले ‘डिप्रेसन ले गाँजेको छ’ भन्ने शब्द सु:न्दा मेरो शरीर खङ्ग्रंग भएर आयो।

चार वर्ष अगाडि फर्कदै सम्झिएँ- नेपा:लमा रहदाँ मेरो हालत पनि रमेशको भन्दा कम थिएन। फरक त्यति हो उसलाई पास हुन नसक्दा डिप्रेसनले गाँजेछ म:लाई भाषा परीक्षा पास भए पश्चात १८ महिनासम्म श्रम सम्झौता पर्खाइका अवधिमा डिप्रेस:नले गाँजेको पत्ता लाग्यो।

धुजा धुजा भएको बुबाको टोपी र आमाको धोति फेरि’दिने सपना बुन्दै शहर छिरेको मान्छे म। तर बढ्दो महत्व’कांक्षाले काठमाडौंको खाल्टोमा बस्न आफैंलाई संकु’चित लाग्न थाल्यो। चलचित्रका पर्दामा देखिने ठुल-ठूला शहर र गगनचुम्बी भवनहरु मेरो मन’मा बस्न थालेका थिए।

फलस्वरूप लहलहैमा को’रियन भाषा पढ्न सुरू ग’रियो। यस्तो पढियो कि ‘कोठाका भित्तादेखि नुन, मसलाका बट्टासम्म, झ्यालका पर्दादेखि पानीका ग्यालिनसम्म कोरियन अक्षरले रंगिए। मानौं यो नै स्व’र्ग द्वार हो।

देशमा पहिलो संविधानसभा मार्फत संविधान जारि गर्ने बेला थियो। विभिन्न मागका नाममा शहरभरी ताण्डब नृत्य प्रशस्त देखिन्थे। तर उक्त क्रियाकलाप प्रति म जस्तै लाखौ नेपाली अभ्यस्त भैसकेका थिए। यस्ता कार्य सजिलै पचाइसकेका थिए। म पनि ती परिदृश्य नियाल्दै छिचल्दै र कहिले काँही सहभागीसमेत हुँदै कोरियन भाषा पढ्न जान्थेँ फर्कन्थेँ।

जम्मा जम्मी ६७ दिन पढिएछ। परीक्षा दिइयो। ९८ प्रतिशत ल्याउँदै पास भैयो। जिन्दगीका हरेक रिजल्ट भन्दा यो रिजल्ट’ले छुट्टै खुसी दिलायो। पास भए पश्चात आ’फ्ना हिसाबमा कोरियाका दिन गन्ती शुरु हुन थाले। बुबा आमालाई सुख दिनेदेखि श्रीमती’लाई उसका संगीका अगाडि आभुषणले सजाइ’दिने सम्मका योजनाले सगर’माथाको चुचुरो नाघ्यो।

पहिल्यै कोरियामा प्रशस्त साथीहरु भित्रिसकेका थिए। प्रायः सम्पर्क भैरहन्थ्यो। उनीहरूको कुराबाट कोरि’यामा हुने काम र कमाइको बारेमा म प्रष्ट भइ’सकेको थिए। काम गार्ह्रो भए पनि कमाइ राम्रो छ भन्ने साथीहरुको भनाइ थियो।

साथीहरुको मासि’क कमाई बारे सुन्दा लाग्थ्यो त्यो म आफैंले कमाएको हो। त्यसैले सानोतिनो काम गर्थे मन लागेन छोडिदिएँ। पास भएको खबर पाएपछि कोरिया आएका साथीह’रुले दुई चार हजार ऋण दिन कत्ति पनि कन्जुस गरेनन्। ती सबैलाई साधुबाद।

काठमाडौंको महंगी, छोराको स्कुलफी देखि आवश्यक खाद्यान्नसम्म सबै ऋणमा चल्न थाल्यो। खाली एउटा विश्वास छ अब चिन्ता लिने समय होइन म कोरिया जादै छु जहाँ मा’सिक एक लाख कमा’उने छु। जति कमाइ हुन्छ भन्ने सोच्थे त्यति नै कामको बारेमा पनि सोच्थेँ।

काठमाडौंमा मुस्कि’लले दश हजार कमाइ हुन्थ्यो। त्यसैलाई अनुपात मान्दै कोरियामा अहिलेभन्दा दश गुणा बढी काम पक्कै गर्नुपर्छ भनेर मनस्थितिलाई सधै पूर्व त’यारी बनाइरहे। कोरिया’मा सजिलै कमाइ हुन्छ भन्ने कहिल्यै सोचिनँ।

भाषा पास भएको ६ महिनादेखि श्रम सम्झौ_ता शुरु हुन थाल्यो। चिनजानका सबै साथीहरु भकाभक कोरिया छिर्न लागे। तर, आफ्नो पालो आ’उने कुनै संकेत देखिन्न। महि’ना बित्यो वर्ष बित्यो। अह..आफ्नो श्रम सम्झौता आएन।

पास भए पश्चा’त तुरुन्तै कोरिया पुगिने सपनाले गर्दा यसो दिन कटाउने काम थियो छोडियो। पढाइ छोडियो। सा’थीसँग ऋण लियो कतै जुलुस भेला भए रमाइलो हेर्न गयो नत्र रत्नपा’र्कमा मुकुन्देका गफ सुन्दै बदाम खादै दिन कटायो। निरा&शाले चरम सीमा नाघेको थियो।

द्वन्द्वात्मक भौतिकवादलाई आधार मान्दै धर्म भनेको अफिम हो भन्ने स्कुलिङले सानैमा छाप छोडेको थियो तर कोरि’या प्रवेशको लागि तोकिएको निश्चित समय सकिदै जान लाग्दा शनि संकटादेखि पशुपति नाथ सम्मका ३३ कोटी देवता सम्झदै बाटो’मा भएका बेवारिसे मूर्तिलाई समेत भेटेसम्म निहुरिए। सायद मेरो पुकार पुगेछ क्यारे।

अकस्मात एक दिन श्रम सम्झौ’ता आएको खबर पाएँ। विश्वासनै लागेन। आफूलाई आफू जस्तै लागेन। साथीहरुलाई कन्फर्म गर्न लगाएँ। सत्य रहेछ। यो :खुसी सबैलाई सुनाएँ। श्रीमती र आमा’ बाहेक सबैले बधाई पनि दिए।

कुर्दा कुर्दा धेरै निराशाले थिचे’कोले होला त्यो खुसी फिक्का लाग्थ्यो। इ.पी.एस.सम्बन्धी सम्पूर्ण कागजी प्रकृया पुरा गर्दै भैंसेपाटीमा हुने ७ दिने अभिमुखीकरण तालिममा सहभागी भएँ।

अभिमुखीकरण तालिमको दो’स्रो दिनको पहिलो कक्षा शुरु भयो। उक्त कक्षा बरिष्ठ मनोरोग विशेषज्ञ डा. केदार रायमाझीले मानसिक तनाव अर्थात ‘डिप्रेसन’ सम्बन्धी तालिम दिनुहुने कक्षा रहेछ। ७ दिने अभिमुखीकरण तालि’ममा दिइने अन्य कक्षाको तु:लानामा यो कक्षाको महत्व निकै बढी लाग्यो। अन्य कक्षा होहल्ला र रमाइला कुरा सुन्दै सुनाउदै बिते।

कोरियामा हुने गरेका आत्म’हत्या:लगायत अन्य शारी’रिक र मानसि’क तनावलाई जोड्दै जब डा.केदार रायमाझी सरले डिप्रेसनका संकेत बारेमा बुँदागत रुपमा भन्दै जानू भयो त्यति’बेलै मैले जुरुक्क उठेर ‘सर यो सबै मलाई मिल्यो ‘भने। कक्षा भरिका साथीहरु गलल्ल हासेँ।

मेरो कुरालाई डा. केदार राय’माझी सरले गम्भीर रूपमा लिँदै बेलुका भेट्ने कुरा गर्नुभयो। त्यो दि’नको कक्षा सकिने बित्तिकै रायमाझी सरलाई सम्पर्क गरेर सिधै उहाँको क्लिनि’क गएँ।

अनेकौं प्रश्नका भारि सोध्दै निष्कर्षमा उहाँले नियमित सम्पर्कमा रहेर केही समय औषधि से’वन गर्नुपर्ने सुझाब दिनुभयो। उ’हाँको सुझाव अनुशरण गर्दै गएँ तर मनमा अर्को फसाद परेको जस्तो लागिरह्यो।

पुस्तकदेखि गुगलसम्म डिप्रेसन सम्बन्धि जाने सम्म’को खोज गरेँ। ओशो तपोबनदेखि डा.योगी बिकाशानन्दसम्म छु- मन्तर गराउन पुगेँ। आफैंले निर्णय गरेँ कोरिया पुगेप’छि सब ठीक हुनेछ। पेट’को सब दर्द हाजमोला ठीक गरे जस्तै।

समय सकि’यो। केही वर्षको ला’गि घर छोड्ने तयारी पुरा भयो। वातावरणलाई सन्नाटा गराउँदै छोरा र श्रीमती संग छुट्दा भिजेको रुमाल हातमा राख्दै त्रिभुवन विमा’नस्थल प्रवेश गरेँ।

विमानस्थल भित्र कोरिया जाने युवाका टाउका’मा रातो टोपी देख्दा लाग्थ्यो त्यहाँ माओवा:दीको मार्च पास हुँदै छ। तिनी’हरू जनविद्रोहको लागि तयारी हुँदै छन्। शहर कब्जा गर्न लाग्दै छन् अथवा कतै ‘रेड’ हानिदै छ।

देखिने रातो टोपी वाला कोही खु:सी थिए कोही भावुक। अझ देखिएका मध्ये सबैका मो’बाइल कानमा टासिएका थिए। मेरो मोबाइल पनि कानमा टासिएको थियो। साउने झरी मा आ’माले घर भन्दा झन्डै १ घण्टा माथी मोबाइलको टावर टिप्ने डाँ:डा मा पुगेर रूदै कुरा गर्दै हुनुहुन्थ्यो। त्यो डाँडामा जुका:ले कति टोक्यो होला आमा:लाई। अझ ‘प्लेन उड्ने बेलासम्म बोल है’ भन्ने आमाको शब्द सुन्दा आकाशले थिचे जस्तै लाग्थ्यो।

सबै कुरा पन्छा:उँदै कोरिया प्रवेश गरियो। कम्पनी’मा पुगियो। पहिलो पल्ट फलामका चाङ्ग देख्दा अचम्म लागे पनि सम्झे म कोरियामा छु जहाँ शारीरिक परिश्रम बढी नै गर्नुपर्छ।

फलामका चाङ्गका बिचमा बस्दै इशारा’का भर’मा काम शुरु गरियो। मैले एउटा अधबैसे कोरियनसँग काम गर्नुपर्ने भयो। शुरुमा उमेर सोध्यो मैले २६ भनेर उत्तर दिएँ। उसले आ’फू ५५ वर्ष भएको बतायो मेरो बुबा भन्दा ३ वर्ष जेठो। दंग परेँ।

काम गर्दै जादा अचम्म लाग्दै गयो। ५५ वर्षको मान्छे’सँग काम गर्दै छु अझ मैले नस’क्ने काम सबै उसले नै गर्छ। अनि मनमा द्वन्द्व उत्पन्न हुन्छ साथीहरुले भने जस्तै यसले म’लाई पेल्यो कि मैले उसलाई? धेरै साथीहरुलाई सोधेँ प्रायः सबैको उत्तर उस्तै हुन्थ्यो। जति हामीले गर्छौ उती उनीहरुले पनि गर्छन्। दर्जा अनुसार जे हामी’ले गर्छौ त्यही उनीहरुले पनि गर्छन्।

मेरो बुबा भन्दा जेठो व्यक्ति:सँग काम गर्दै छु। ढल्कदो प्रौढ उमेरमा ऊ आफ्नै दे&शमा दास जस्तै मरि&हत्ते गर्दैछ म भने प्रवासमा श्रम गर्न आएको मान्छेले के सिक्ने? सोच्छु हामीले थ्री डी काम गर्दै छौ भने यो मेरो ‘ठूलो बुबा’ले गर्ने काम कुन ‘डी’ अन्तर्गत पर्ला ?

कामलाई पूजा गर्ने यीनीहरू’लाई सला’म गर्नैपर्छ। त्यतिकै देश यस्तो बनेको होला र। अनगिन्ति सोचाइले मन भरी डेरा जमाउँछ। यहाँको भौतिक पूर्वाधा’रको विकास, संस्कार र प्रबि’धिसँग परिचित हुँदै यो अन्तरालमा श्रमभन्दा बढी नै परिश्रम पाए जस्तो ला’ग्छ शायद सन्तुष्टि भएर पनि हुन सक्छ।

लोकतान्त्रिक गणतन्त्रा’त्मक मुलु’क भएको फाइदा लुट्दै मन लागेको ठाउँमा जान्छु। घन्टौ लामो बाटो एक्लै यात्रा गर्छु। रात र दिनको मतलब छैन यहाँ। अनि सोच्छु यहाँ के कारण’ले डिप्रेसन? – सेतोपाटी (स्तम्भकार राजु श्री)

प्रतिकृया दिनुहोस्