लोकदोहोरी गीत ‘सालको पात टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ। यस बी’चमा गी’तको म्युजिक भिडियोले युट्युब’मा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटु’लेको छ।
सालको पातले पाएको भ्यूज लोक’दोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइ’एको छ। सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भ’एको थियो। चार म’हिना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो।
गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर, नवराज पन्तको शब्द तथा वसन्त थापा’काे सगीत छ। स्रोता/दर्शकले अत्याधिक रुचाएपछि गीतले एका’एक चर्चा र प्रसिद्धि कमा’एको थियो। अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ। पछिल्लो एक महिना’मा झण्डै दश लाख पटक हेरिएको छ। ‘स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो’, संगी’तकार थापाले भने।
झ्याउरे लयमा ठेट जनजीब्रा’का शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ। कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ। म्युजिक भिडियोमा नायिका मरिष्का’ पोख’रेलसँगै गायक विश्वक’र्मा र संगीतकार थापाको अभिनय छ। निर्देशन शिव विक’ले गरेका छन्।
हाल अमेरिकामा रहेका गीत’कार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थ’वादी कथा छ। ‘मानवीय प्रेम र सम्ब’न्धमा आउने उतार’चढाव गीतको रचनागर्भ हो’, उनले भने।
गायक विश्वकर्माले गी’तले यतिसम्म चर्चा पाउला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिए। उनकाे सांगीतिक जीव’नको मानक गीत’का रुपमा सालको पात’लाई सधैँ सम्झिने छ।
अभ्यास डिजिटल म्युजिक प्रालि’द्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो। एक लाख सब्स’क्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुगेपछि उक्त च्यान’लले अवार्डसमेत पाइसकेको छ।
अहिले उक्त च्यानलको सब्सक्राइब झ’ण्डै छ लाख पुगेको छ। गीतका बारेमा युट्युबमा १३ हजार बढी’ले प्रतिक्रिया जना’एका छन्। गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको संख्याका आधारमा युट्युबमा गीतको चर्चा मा’पन हुन्छ।
सोही आधा’रमा कलाका’रले पैसा पाउँछन्। पैसा आउनका लागि तोकिएको संख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्राव’धान छ। अमेरिका, युरोपल’गायतका देशबाट हेर्दा बढी पैसा आउँछ।
शुरुमा युट्युब एकाउन्ट परी’क्षणमा रहने र मोनिटाइज भएपछि मात्र पैसा आउने कला’कार बताउँछन्। श्रव्य क्यासेट, सिडी, सिआरबिटी हुँदै संगीत व्यवसाय अहिले युट्यु’बमा केन्द्रित छ। प्रवि’धिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो।
सालको पातले पनि सम्बन्धित लगा’नीकर्ता/कलाकारलाई आ’कर्षक कमाइ दिलाएको छ। गायक विश्वकर्मा र संगीतकार थापा’बीच अर्को लोकदो’होरीमा पुनः सहकार्य हुँदैछ। ‘शब्द रचना प्रह्दाद सुवेदीले गर्नुभएको छ, गायिका को राख्ने निश्चित भइसकेको छैन’, थापा’ले भने। – नेपाल लाईभ
प्रतिकृया दिनुहोस्