केही महिनायता हेमा श्रेष्ठ सामाजिक सञ्जालहरुमा भाइर’ल छिन्। काखमा बच्चा च्यापेर न्यायका लागि प्रह’री कार्यालयमा भौतारिरहेको हेमाका भिडि’यो यूट्युबमा बढी खोजिएका सामग्रीहरुमध्ये पर्छन्।
संखुवासभाको तत्कालिन जलजला गाविस स्थायी घर भएकी ३३ वर्षीया हेमा अदा’लतबाट फैसला हुँदासमेत श्रीमानबाट न्याय नपाएको गु’नासो गर्दै आएकी छिन्। हेमाको केही वर्षअघि संखुवासभाको जलजलाकै दोर्छो शेर्पासँग विवाह भएको थियो।
विवाहपछि उनीहरुबाट एउटा छोरी जन्मियो। तर शेर्पाले उक्त छोरी आफ्नो नभएको दावी गरेपछि हेमा अदालत’को शर’ण पुगिन्। अदाल’तले छोरी शेर्पाकै भएको भन्दै नाता कायम गरिदियो। त्यतिमात्र होइन, मानाचामल भराउने आदेश पनि दियो।
तर त्यसपछि शेर्पा सम्पर्क बाहिर भए। श्रीमानले जिम्मेवारी पुरा नगरेको भन्दै हेमा अहिले न्याय’का लागि लडिरहे’की छिन्।उनै हेमालाई केही दिन अघि भैसेपाटीस्थित एक निजि निवासमा प्रह’रीले निर्म’म कु’टपिट गर्यो। त्यहाँ उनी आफ्नो न्याय’का लागि भने गएकी थिइनन्।
माला शाह नाम गरेकी एक महिलाले आफुलाई हेम खत्रीले लामो समय सम्बन्धमा रहेर धो’का दिएको दावी गर्दै खत्रीको घर घेर्न केही अधिकारवादीलाई लिएर पुगेकी थिइन्, जसमा दुधे बालक च्यापेर हेमा पनि मिसिएकी थिइन्।
घरबाट ती महिलाहरुलाई निकाल्नेक्रममा प्रह’री निरिक्षक देवीप्रसाद पौडेलले बालक च्यापिरहेकी हेमालाई ल’खेटी लखे’टी पिटे’का थिए। खत्री नेपाली सेनाका पूर्व जर्नेल पनि हुन्।
भैँसेपाटी प्रहरी प्रभागका प्रमुख पौडेल आफै घटना’स्थल पुगेर हल्ला’ गरिरहेका महिलामाथि हातपा’तमा उत्रिएका थिए। सामान्यतया महिलालाई नियन्त्रण’मा लिन महिला प्र’हरी नै परिचालन गर्नुपर्ने कानुनी व्यवस्था छ।
ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले घट’नाको छानबिन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको र प्रहरी निरीक्षक पौडेलसँग तत्काल स्पष्टीकरण सोध्ने निर्णय पनि भएको जानकारी दिएका थिए।
‘स्थिति नियन्त्र,लिन हामीबाट अलिक बढी बल प्रयोग भएकै हो। मैले तीन सदस्यीय छान’बिन समिति गठन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छु। प्रहरी निरीक्षक पौडेलसँग स्पष्टिकरण सोध्ने पनि काम हुन्छ। त्यसपछि आवश्यक कारबाहीका विषयमा अगाडि बढ्ने छौँ ‘, एसएसपी राईले भने।
हेमासहित केही महिला र युट्युबरलाई लिएर आफूलाई पूर्व जर्नेल खत्रीकी प्रेमिका दावी गर्ने माला शाह बिहीबार भैसेपाटीस्थित खत्रीको घरमा पुगेकी थिइन्।
त्यतिबेला खत्रीको घरमा उनकी छोरी मात्र रहेको प्रह’रीले जनाएको छ। ‘महिलाको हुल घरभित्र छिरेर तोड’फोड गर्न थालेपछि हामीले उनीहरुलाई त्यहाँबाट हटाउन खोज्दा स्थिति त्यस्तो बनेको हो’, एसएस’पी राईले भने।
प्रह’रीका अनुसार गत कात्तिक २७ गते भैँसेपाटीमा आफूलाई तीन जना महिलाले पि’टेको भन्दै खत्री प्र’हरीकहाँ उ’जुरी लिएर पुगेका थिए। उजु’री मालावि’रुद्ध पनि थियो।
कात्तिक २८ गते प्रहरी सम्प’र्कमा आएकी मालाले आफू २२ वर्षदेखि खत्रीकी प्रेमिका रहेको र डेरा लिएरै राखेको तर पछिल्लो समय आफूलाई छाडेर हिँडेको बताएकी थिइन्।
‘उहाँ असोज १५ गते भारत जान्छु भन्दै निस्कनु’भएको थियो। तर त्यसपछि हराउनु भयो। उहाँलाई खोज्ने क्रममा भैँसेपाटीमा भेटेकी हुँ।खत्री र मबीच नाता कायम होस्’, त्यतिबेला प्रहरीकहाँ मालाको आग्रह उदृत गर्दै एसएसपी राईले भने। त्यसपछि यी दुईबीचको विवा’द लगातार प्रहरी’मा आइरह्यो।
‘यसभन्दा अगाडि पनि ७/८ पटक मालासहितको महिलाको समूहले खत्रीको घर अगाडि गएर हुल’हुज्जत गर्ने, धर्ना’ दिनेजस्ता गतिविधि गरेको पाइएको थियो। हामीले उहाँलाई पटक–पटक नियन्त्र’णमा लिएर छाडेका पनि थियौँ’, राईले भने।
त्यसै गरी एक व्यक्ति हेमा श्रेष्ठको विषयलाई लिएर मीडियामा आएका छन् , आफूलाई हेमाले गा’ली गलौ’ज गरेको भन्दै अडियो रेकर्ड समेत सुनाएका छन् , हेर्नुहोस् सो भि’डियो
प्रतिकृया दिनुहोस्