राजधानीको गोंगबुमा टाउको का,टिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।
हिजो बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा टाउको र हात खुट्टा तथा अर्कोमा शरीर का,टीएको अवस्थामा प्रहरीको तालिमप्राप्त कुकुरले फेला पारेको उक्त श’व कृष्णबहादुर बोहोराको भएको प्रहरीले जनाएको छ ।
कृष्ण रोल्पाका हुन् की दाङका भन्ने विषयमा अझै ठेगाना खुलीनसकेको प्रहरीले जनाएको छ ।
यस अघि गोंगबुमा वि,भत्स ह,त्यापछि टाउको, खुट्टा र शरीर छुट्टा छुट्टै स्थानमा फालिएको शवको पहिचान सम्भव नभएपछि प्रहरीले मृ,तकको तस्विर नै सार्वजनिक गरेको थियो ।
आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा श’व र जेब्रा झोलामा पुरुषको टाउको प्रहरीको तालिम प्राप्त कुकुरले पत्ता लगाएसँगै प्रहरीले मृ,तकको पहिचानका लागि लामो समय बिताइसक्दा पनि सम्भव नभएपछि तस्विर नै सार्वजनिक गरेर आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको थियो ।
अप’राध महाशाखा र काठमाडौं प्रहरीले मृत’कको मुहार सार्वजनिक गरेसँगै आफन्त सम्र्पकमा आउने प्रहरीको विश्वास रहेको छ ।
आइतबार टोखा नगरपालिका–१० स्थित गोंगवु गणेश स्थान नजिकै सुटकेशमा श’व र दुई सय मिटरको दुरीमा घुँ’डाभन्दा तलको गोडाको भाग फेला परे प्रहरीका उच्च तहका अधिकारीहरु नै यो घ,टनाको घट’नास्थलकै निरिक्षमा निस्किएर अनुसन्धानमा खटि’एका थिए ।
गोंगबुमा आइतबार स्थानीयले सुटकेसभित्र अन्दाजी ४५ वर्षीय पुरुषको टाउको र खुट्टाविनाको श’व देखेपछि प्र’हरीलाई खबर गरेका थिए ।
लगत्तै तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीले सुटकेशभित्र श’व भेटिएको भन्दा झण्डै साढे तीन सय मिटर टाढा झोला भित्र टाउको र खुट्टा समेत भेटाएपछि अ’नुसन्धान थालेको थियो । -ओएसनेपालबाट
प्रतिकृया दिनुहोस्