Sunday, May 16

आज एकैदिन नेपालमा थप ६ कोरोना सङ्क्रमितको मृ:त्यु

August 12, 2020 2880

बुधवार नेपालमा एकै दिन कोरोनाका कारण ज्या’न गु’माउने संख्याले पनि रेकर्ड बनाएको छ । बुधवार एकै दिन कोरोनाका कराया ६ जनाले ज्या’न गु’माएको पुष्टि भएको छ ।

देशका विभिन्न अस्पतालमा थप ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको सम्बन्धित अस्पतालहरुले जनाएका छन् । ज्या’न गु’माउनेमा ललितपुरमा ३ तथा मोरङ, रुपन्देही र सप्तरीमा १, १ जना छन् ।

गएराति ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा एक जना पूर्व मेयर समेत छन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले राजधानीका अस्पतालमा ज्यान गुमाएकाको पुष्टि गरेका छन् । त्यस्तै पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको ज्या’न गएको हो ।

गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्र’ममा राति ज्या’न गएको हो । यस्तै मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षिय पुरु’षको राति ज्या’न गएको छ ।

साउन ५ गते भर्ना भएका उनमा नि’मोनिया, श्वासप्रश्वास लगायतका सम’स्या थियो । यस्तै किस्ट अस्पतालमा पनि एक जनाको कोरोनाकै कारण ज्या’न गएको छ । उनका बारेमा विस्तृ’त विवरण आएको छैन ।

यस्तै बुटवलको कोरोना विशेष अस्पता’लमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षका र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राति ज्यान गएको अस्पताल’का फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिएका छन् ।

ज्या’न गु’माएका ४२ वर्षका पुरुषमा कोरो’ना पुष्टि भए पनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले जनाएको छ । यसैगरी सुनसरीको विपी कोइरा’ला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपा’लिका २ का ५५ वर्षका पुरुष’को ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको ज्या’न गएको छ ।

कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उहाँको राति गजेन्द्रनारायण सिंह अस्पताल राज’विराज लैजाने क्रममा एम्बुलेन्समै ज्या’न गएको हो ।

प्रतिकृया दिनुहोस्