‘स्विफ्ट टटल’ नामक पुच्छ्रे तारा’का कारण हुने उल्का वर्षा आज राति’देखि हुने भएको छ । यो उल्का वर्षा बिहीबा’र बि’हानसम्म अत्यधिक मात्रा’मा देखिने नेपाल एस्ट्रोनोमि’कल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।
उल्का वर्षाको स्रोत ययाति (पर्सियस) ता’रामण्डलमा भएको जस्तो देखिने हु’नाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइ’एको पनि उनले जानकारी दिए ।
‘स्विफ्ट टटल’ ले सूर्यको एक’पटक परिक्रमा गर्न १३३ वर्ष लगाउँछ । ‘स्विफ्ट टटल’ अहिले पृथ्वीको नजीक छैन । तर, यसले सूर्यको परिक्रमा गर्ने क्रम’मा सूर्यको नजी’क आइपुग्दा आफ्नो क’क्षमा धुलोका कण र चट्टानहरु छोड्छ ।
‘जब पृथ्वीले सूर्यको परि’क्रमा गर्ने क्रममा पुच्छ्रे तारा उक्त कक्षको नजीक आइपुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वा’युमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्,
यसैलाई उल्का वर्षा भनिन्छ, उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ’,इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको नेपाल प्रतिनिधिसमेत रहेका अध्यक्ष भट्टराईले भने ।
उल्का वर्षा स्था’नीय समय’अनुसार आज राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म देख्न सकिने जना’इएको छ ।
अत्याधिक मात्रामा भने बिही’बार बिहान ३ देखि ४ बजेसम्म देख्न सकिनेछ । यस वर्ष त्यस’बेला प्रतिघण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनु’मान गरिएको छ ।
ती उल्का वर्षाको गति प्र:तिसेकेन्ड ६० किमीसम्म हुने भए:काले करीब ७० किमी:माथि वायुमण्डलमा घ:र्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।
यस वर्ष जुलाई १७ देखि अगस्ट २६ तारि’खसम्म सक्रिय उल्का वर्षा हुनेछ । अत्य’धिक उल्का वर्षा हुने अगस्ट १२ राति’देखि अगस्ट १३ बिहानी सम्मको सम’यमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलो:कनकर्ताले मनोरञ्जन लिन सक्नेछन् । यस’का लागि आफू रहेको स्थानको आकाश खुल्ला र स’फा रहनुपर्छ ।
के हो स्विफ्ट टटल?
स्विफ्ट टट’ल सन् १८६२ जु’लाईमा अमेरिकन खगो’लविद्द्वय लेविस स्विफ्ट (१८२०–१९१३) र होरस टटल (१८३८–१९३३) द्वारा पत्ता लगा’इएको पुच्छ्रे तारा हो ।
सन् १९९२ म सूर्यको नजीक आएको यो पुच्छ्रे तारा अब सन् २१२५ मा मात्र नजीक आउने सोसा’इटीले जना’एको छ । हाल यो पुच्छ्रे तारा पृथ्वीको नजी’क छैन । यसले आ’फ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वा’युमण्डलमा तीव्र गति’ले प्रवेश गर्दा घर्षण भई जल्दछन् । यसलाई उल्का वर्षा भनि’एको हो । – खबर हब
प्रतिकृया दिनुहोस्