August 13, 2020 2172
सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तो’लामा २ हजार ४ सय रुपैयाँ बढेर तोला’को ९७ हजार ८ सय रुपैयाँ नि’र्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महास’ङ्घले जनाएको छ ।
यस’अघि हिजो एकैदिन तोला:मा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँ:दी आज तोलामा ८५ रुपैयाँ बढेर तो’लाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घ’ले जना’एको छ ।
कोरोना सङ्क्रम’ण बढिरहँदा लगानीकर्ता सुनमा आक’र्षित भएकाले भाउ महँगो हुँदै तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।
तर रुसले कोरोनावि’रुद्धको खोप तयार गरेको दाबी गरेपछि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घ’टेको सुनको भाउ युरोपियन देशले खोपमा अ’विश्वास गरेपछि आज फेरि भा’उ बढेको हो ।

प्रतिकृया दिनुहोस्