Sunday, September 24

दुःखद खबर- कोरोनाका कारण नेपालमा आज थप ४ जनाको मृ’त्यु

August 13, 2020 2071

बिहीबार मुलुकभर कोरोनाका ५ सय २५ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ५ सय २५ संक्रमित थपिएको जान’कारी दिए। यीसहित मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

विगत २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। यी’सहित हालसम्म १६ हजार ९ सय ३४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

विगत २४ घण्टामा ९ हजार ८ सय ८४ जनाको पिसि’आर परीक्षण भएको छ। विगत २४ घण्टामा ४ मृ’तकमा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए। कोरोनाका का’रण हालसम्म मृत’कको संख्या ९५ पुगेको छ।

सुनसरीमा एकै दिन १९ जना संक्रमित थपि’एका छन्। जसमा विभिन्न वडाहरूका १० जना पुरूष र ३ जना महिला रहेको इटहरी उपमहानगरपालिकाले विज्ञप्तिमार्फत जानकारी दि’एको छ।

त्यस्तै दुहवी नगरपा’लिकाका एक, धरान उपमहानगर’पालिकाका एक, बराह क्षेत्र नगरपालिकाका एक जना र राम’धुनी नगरपालिकाका एक गरी १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सुनसरीकी जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जान’कारी दिइन्।

इटहरी उपमहानगरले भने परीक्षणको दायरालाई बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको जनाएको छ। संक्रमितसँग सम्पर्कमा आएका उपमाहानगरका जनप्रति’निधि र कर्मचारी साथै वडाका भीड’भाड हुने ठाउँका व्यक्तिहरूको स्वाब संकलन गरी बिपी कोइ’राला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको’मा बिहीबार एकै दिन १३ जनाको कोरोना पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ।

संक्रमण देखिए’का सबै स्थानीय भए’को पनि उपमहानगरको विज्ञप्तिमा उल्लेख छ। १३ जना थपिए’पछि इटहरीमा ४५ जना कोरोना संक्रमित पुगेका छन्। सुन’सरी जिल्ला’भर भने अहिलेसम्म २ सय ५७ जनामा संक्रमण देखिएकोमा १ साय २८ जना नि’को भएका छन्। – सेतोपाटी

प्रतिकृया दिनुहोस्