Tuesday, March 28

रवि लामिछाने सहित सीधाकुरा टिमको कोरोना परीक्षणको रिपोर्ट सार्वजनिक (यस्तो छ रिपोर्ट)

August 13, 2020 3003

प्रदेशको कार्यक्रम सकेर फर्किएको सीधाकुरा टिमको कोरोना परिक्षण गरिएको छ । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसको अर्थ अहिले सम्म टिमको कसैमा पनि संक्रमण देखिएको छैन ।

केही समय अघि सार्वजनिक गरिएको रिपोर्ट अनुसार कसैमा पनि कोरोना नभएको नतिजा आएको छ । रिपोर्ट आए लगत्तै रबि लामिछानेले फेसबुकमा यस्तो लेख्दै पोस्ट गरेका छन् ।

म लगायत हाम्रो सम्पुर्ण टिमको PCR रिपोर्ट नेगेटिभ आएको छ। अहिले सम्मकालागि कोरोना संक्रमण नभएको जानकारी गराउदछु। सम्पुर्ण शुभ चिन्तकहरुमा आभार।

फेसबुक पोस्ट

यस अघि आफूहरुको कोरोना परिक्षण गरेको जानकारी दिँदै रबि लामिछानेले यस्तो पोस्ट गरेका थिए :

आजको कार्यक्रम क्वारिन्टिनबाट भर्खरै रेकर्ड गरेको छु।कार्यक्रम प्रशारण हुँदै गर्दा हाम्रो PCR रिपोर्ट आउनेछ र रिपोर्टको नतिजा जे भएपनि कार्यक्रम प्रशारण हुदै गर्दा स्कृनमा देखाउने छौ। सातै प्रदेशको फलोअप सहितको आजको कार्यक्रम हेर्ने प्रयास गर्नु होला।

कोरोना परीक्षणको लागि स्वाब लिइदै

त्यस्तै सीधाकुरा टिमका अन्य सदस्यले पनि कोरोनको रिपोर्ट आएपछि फेसबुकमा शेयर गरका छन् । युवराज कडेल ले लेखेका छन् :

हामी सबैको पिसिर प्रविधिबाट गरिएको कोरोना (Covid-19) परिक्षणको नतिजा संक्रमण नभएको (Negative )आएको छ । हाम्रो टिम सबै सुरक्षीत, अनि अहिलेसम्म हाम्रो सम्पर्कमा आउनु भएकाहरु लाई पनि हामी बाट चाहिँ कुनै ख’तरा भएन है । सबै सुभेच्छुकहरु लाई धेरै धन्यवाद ।

कोरोना रिपोर्ट

प्रतिकृया दिनुहोस्