Sunday, September 24

दिनमा हराउछौं, रातमा हुन्छ र माया ? थर पो सोध्छेउ त जातमा हुुन्छर माया ? (भिडियो सहित)

August 14, 2020 1946

चर्चित गायक तथा लेखक हुन् प्रकाश सपूत। उनका प्राय सबै गीत चर्चामा छ । उनको बोल माया गीत चार्चाम आए संगै उनले पछाडी फर्केर हेर्न परेको छैन । उनी लोक गीत मात्र हैन ब्याटल गीतबाट पनि चार्चा एवम् बिवादमा तानिएका थिए ।

प्रकाश

प्रकाशले हालै बदला बरिलै सार्वजनिक गरेका छन् । उक्त गीतलाई पनि दर्शकले धेरै रुचाएका छन् । गायक प्रकाश सपूतको निर्देशनमा गत शनिबार सार्व’जनिक नयाँ लोकगीत ‘बद’ला बरी लै’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ।

प्रकाशकै शब्द र संगीतमा बनेको ‘बद’ला बरी लै’ देवी घर्तीले गाएकी हुन्। भिडिओमा अभिनेत्री केकी अधिका’रीको अभिनय छ। देवेन्द्र बब्लु यसका कन्सेप्ट र क्रियटिभ निर्देशक हुन्।

ब’लात्का’रजस्तो स‌ं’वेदनशील विषयमा बनेको यो गीतको भिडिओ गायि’का बन्ने सपना बोकेकी एक महिलाको कथा छ। ‘ठूलाबडा’ भनाउँदाबाट ब’लात्कृ’त भई अन्ततः उनी मा’रि’न्छिन्। समाजमा घ’टिरहेको ब’लात्का’रका घ’टना र फित’लो का’नुनमाथि गीतले प्र’श्न उ’ठाएको छ।

नेपाली समाजको न्याय प्रणालीलाई व्य’ङ्ग्य हान्दै गीतको शब्दले भन्छ- खुलेन कहिल्यै न्यायको ढोका बरी लै, गरिबको छातीले।

ठूल्ठूला मान्छेसँग ‘संगत छ’ भन्ने र महिलालाई ‘खे’लौना’ देख्ने ब’लात्का’रीहरू समाजमा खुला घुमिरहेका छन्। पी’डितले न्या’य नपाउने भएपछि उनी म’र्दा शा’न्ति नपाएर ‘भू’त’ बनेर आफ्नो ब’दला लिएको कथा भिडि’ओमा देखाइएको छ।

‘समाजमा बढ्दै गएको ब’लात्का’रको विष’यलाई यो भिडिओ मार्फत देखाउन को’शिस गरेका छौं,’ निर्देशक प्रकाश सपूतले भनेका छन्।

भिडिओमा केकीसहित ध्रुव कोइराला, हिउँवाला गौतम, अर्जुन आचार्य, बद्र कन्वार र सन्ध्या गौतम बराल’को अभिनय छ। गायि’का देवीलाई कोरसमा स्मृति शाही र सुनितामी परियारले स्वर दिएका छन्।

हालै उनको एक सायारी निक्कै चर्चामा छ । दुईबर्ष अघि फिल्मिबज नेपालले लिएको एक अन्तर्वार्ताको क्लिप टिकटकमा निकै भाईरल भएको छ ।

“दिनमा हराउछ्यौ रातमा हुन्छ र माया? थर पो सोद्छ्यौ त जातमा हुन्छ र माया? ” यो सायरी अहिले निक्कैले सेयर गरिरहेका छन् । हेरौ उक्त भिडियो….

प्रतिकृया दिनुहोस्