Friday, September 22

‘कृपया मेरो घरतिर नआउनुहोला’ भन्दै माग्ने बुढाले गरे यस्तो आग्रह….

August 14, 2020 976

काेराेना भाइरस अर्थात (काेभिड १९) का कारण नेपाल लगायत अन्य देशहरु लकडाउन गरिरहेकाे छ । लकडाउन अवधिभर राजधानीमा कोरोना संक्रमितको संख्या न्यून थियो ।

तर, लकडाउन अन्त्य भएपछि विभिन्न शहरबाट आउने मानिसहरुका कारण राजधानी असुरक्षित बन्दै गएको छ । दिन दुई गुना, रात चौगुना हुँदै फैलिएको संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । चिकित्सकहरुले कसैसँग भेटघाट नगर्न, हात नमिलाउन, अङ्कमाल नगर्न आग्रह गरिरहेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि मानिसहरुमा त्रासको वातावरण सृजना हुन थालेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हास्यकलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले कसैलाई पनि आफ्नो घरमा नआउन आग्रह गरेका छन् ।

बिहीवार फेसबुकमा उनले लेखेका छन्, ‘कृपया मेरो घरतिर नआउनुहोला । भेट्न परे मै त्यता आउँला । कोभिड १९ ।’

फेसबुक पोस्ट

प्रतिकृया दिनुहोस्